दुर्घटना बढेपछि १० दिनलाई सडक बन्द

दुर्घटना बढेपछि  १० दिनलाई सडक बन्द

दमौली : मंगलबार दमौलीबाट भिरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जीप ऋषिङ १ धारापानी उकालोमा ब्रेक फेल भएर पल्टियो। एक जनाको ज्यान गएको दुर्घटनामा १६ जना घाइते भए। 

त्यसको ठिक भोलिपल्ट भिरकोटबाट दमौली आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर ओरालोमा ब्रेक फेल हुँदा दुई शिक्षकको उपचारका क्रममा ज्यान गयो। 

सडकको एकै ठाउँमा दिनहुँ मानिसको ज्यान लिने गरी दुर्घटना भएपछि ऋषिङ गाउँपालिकाले झापुटार भिर्कोट सडकखण्ड १० दिन बन्द गर्ने भएको छ। ठाडो बाटोमा ब्रेक फेल भएर मंगलबार जीप दुर्घटनामा एक तथा बुधबार स्कुटर दुर्घटनामा अर्का दुईको ज्यान गएपछि गाउँपालिकाले सडक मर्मत नसकिँदासम्म सार्वजनिक यातायातका साधन चल्न नदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठले भौतिक पूर्वाधार कार्यालय तथा सडक डिभिजनका अधिकारीसँग छलफल गरेर काम तत्काल सक्नका लागि समेत अनुरोध गरेका थिए।

दुर्घटना भइरहेको ऋषिङ १ धारापानीको उकालोमा सडक ढलानको काम भइरहेको छ। एक खण्डमा एक सय २५ मिटर ढलान मध्ये आधा भागको काम सकिएको छ। अर्को भागको ढलान बाँकी हुँदै गर्दा दिनहुँ दुर्घटना भएपछि अब काम १० दिनभित्र सक्ने शर्तमा आजबाट काम रोक्न लगाइएको अध्यक्ष श्रेष्ठले बताए। 

ऋषिङ ४ का वडाध्यक्ष भोजराज रानाभाटले सडकको ढलान हुँदा उचाई बढेको र ठाडो उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको निष्कर्षपछि यातायात रोक्न लागिएको बताए। उनले मोटरसाईकल चालकलाई सावधानीपूर्वक मात्र यात्रा गर्न भनिएको भन्दै काम सकेपछि मात्र जीप चल्न दिइने बताए। 

पहिल्यै यातायात रोक्न भनेका थियौं : ठेकेदार
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत २८ लाखमा सडकको एक सय २५ मिटर खण्डको ढलानको काम चलिरहेको छ। निर्माण कार्य गरिरहेको बेलु निर्माण सेवाका सुवर्ण श्रेष्ठले पहिल्यै सार्वजनिक यातायात रोक्न सुझाव दिएको भए पनि स्थानीयले नमान्दा दुःखद् घटना घटेको बताए। 

‘हामीले काम थाल्ने बेलामै सडकको उचाई एकातर्फ मात्र बढी हुँदा जोखिम हुन्छ भनेका थियौं,’ उनले भने,‘त्यतिखेरै यातायात रोकेको भए घटना हुने नै थिएन।’ उनले अब पनि नरोक्दा झनै जोखिम हुने भन्दै यातायात रोकिनुले क्षति रोक्ने बताए। 

आफूहरुले १० दिनभित्र नै काम सक्ने भन्दै यातायात आगमन नभएमा काम सक्न समेत सहज हुने बताए। 

ऋषिङ १ धारापानीस्थित सडक। सडकमा एक दिनको अन्तरालमा तीन जनाको ज्यान जाने दुर्घटना भए पछि  १० दिनका लागि यातायात रोकिएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.