कोरोनाको दोस्रो लहर : पर्सामा २२६ जनाले कोरोना जिते

कोरोनाको दोस्रो लहर : पर्सामा २२६ जनाले कोरोना जिते

वीरगन्ज : कोरोना संक्रमणको दोश्रो लहर सुरु भएयता पर्सामा शुक्रबारसम्म २ सय २६ जनाले कोरोनालाइ जितेर निको भएका छन् । दोश्रो लहर सुरु भएयता शुक्रबारसम्म पर्साको अस्पतालमा उपचार गराएका र होम आइसोलेसनमा बसेका गरी २ सय २६ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
 
वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भइ उपचार गराएकामध्ये शुक्रबार सम्म ६६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । नारायणी अस्पतालमा भर्ना भइ उपचार गराएका मध्ये शुक्रबारसम्म ६६ जना डिस्चार्ज भएको अस्पतालका कोभिड कोर्डिनटेर डाक्टर सरोज रोशन दासले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणबाट मुक्त भएर नारायाणी अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । शुक्रबार ५ र बिहीबार ३ जना डिस्चार्ज भएका हुन् । दोश्रो लहर सुरु भएदेखि शुक्रबारसम्म नारायणी अस्पतालमा १ सय ४१ जना संक्रमित उपचारका लागि भर्ना भएको र ती मध्ये शुक्रबारसम्म निको भइ ६६ जना डिस्चार्ज भएर घर फर्किएको डाक्टर दासले जानकारी दिए । 

नारायणी अस्पतालमा शुक्रबारसम्म २४ जना संक्रमितको मृत्यु भएको छ । डाक्टर दासका अनुसार , नरायणी अस्पतालको आइसोलेसनमा अहिले ४७ जना संक्रमित उपचाररत रहेका छन् । अवस्था गम्भीर रहेकाले ती सबैलाई अक्सिजन लगाएर राखिएको डाक्टर दासले जानकारी दिए । तीमध्ये ३ जनालाई बिनाट्युबको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए । 

नारायणी अस्पतालले जटिल अवस्थाका कोरोना संक्रमितलाइ मात्र  भर्ना लिने गरेको छ । संक्रमण पुष्टि भएका तर लक्षण सामान्य भएका संक्रमितलाई भने होम आइशोलेसनमा बस्ने गरी घर पठाइ दिने गरेको डाक्टर दासले बताए ।

होम आइशोलेसनमा बसेका १६० संक्रमण मुक्त

यस्तै पर्सा जिल्लाभरमा संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका मध्ये शुक्रबारसम्म १ सय ६० जना संक्रमण मुक्त भएका छन् ।जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड १९ सम्पर्क व्याक्ति विनय श्रीवास्तवका अनुसार , संक्रमणको दोश्रो लहर सुरु भए यता (गत चैत देखि यता) होम आइशोलेसनमा १ हजार २ सय ६२ जना रहेकोमा शुक्रबार सम्म ती मध्ये १ सय ६० जना संक्रमण मुक्त भएका छन् । हाल पर्सामा होम आइशोलेसनमा १ हजार १ सय २ जना रहेको जानकारी पनि उनले दिए । 

उनका अनुसार , वीरगन्जका विभिन्न अस्पतालमा  हाल ८१ जना संक्रमित उपचाररत छन् ।  नारायणी अस्पतालमा ४७ जना , नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको कोभिड अस्थायी अस्पतालमा १८ जना , बयोधा अस्पतालमा १४ जना र गण्डक हस्पिटलमा ८ जना संक्रमित उपचाररत छन् ।    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.