डडेल्धुरामा आजदेखि निषेधाज्ञा

डडेल्धुरामा आजदेखि निषेधाज्ञा

डडेल्धुरा : डडेल्धुरामा आइतबारदेखि निषेधाज्ञा जारी गरिएको छ । विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

आइतबार बिहान ६ बजे देखि  वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।  

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द छन् । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुने जनाइएको छ।

खाद्य सामग्रीका पसल बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने छ । निषेधाज्ञा लागेपछि अतिआवश्यक कामकाज बाहेक हिँडडुल गर्न पाइने छैन । यस्तै निषेधाज्ञाको अवधिभर औषधि पसल, खाद्य पसल तथा समाग्री बाहेक अन्य पसल सबै बन्द रहने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । 

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् ।

यस्तै, नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने जनाएको छ ।

निषेधाज्ञा जारी गरेसँगै सरकारी कार्यालय समेत आकस्मिकबाहेका सबै सेवा बन्द गर्ने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यलले बताए । जिल्लाका सबै स्थानीय तहले आकस्मिक बाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएका छन् । विद्यालय यसअघि नै बन्द भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.