जाजरकोटमा कोरोना संक्रमण बढ्यो, पूर्वतयारी छैन

जाजरकोटमा कोरोना संक्रमण बढ्यो, पूर्वतयारी छैन

जाजरकोट : जाजरकोटमा सोमबारसम्म दुई सय नौ जना कोरोना संक्रमित फेला गरेका छन्। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । तर, स्थानीय तहले प्रतिकार्यमा बेवास्ता गरिरहेका छन् । स्थानीय तहले हालसम्म कुनै पनि प्रतिकार्यका योजना सार्वजनिक गरेका छैनन्।

‘संक्रमित बढेपछि गाउँगाउँमा त्रास छ,’ भेरी नगरपालिका २ का विर्खबहादुर कार्कीले भने, ‘अधिकांश स्थानीय तहले कोरोना परीक्षण, हेल्पडेस्क स्थापना, सचेतना, सरसफाइ, आइसोलेसन निर्माणमा बेवास्ता गरिरहेका छन्।’ बिरामीको संख्या बढ्दै गए काँहा राखेर उपचार गर्ने ? अक्सिजनको ब्यवस्था कसरी गर्ने केही पनि योजना बनाएका छैनन् । 

यातायातको असुविधा, विद्युतको अभाव र दक्ष जनशक्तिको अभावमा अक्सिजन सहितको सुविधा सम्पन्न आइसोलेशन बनाउन गाह्रो भएको कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनले प्रतिकार्य योजना खासै केही नभएको बताए । प्रतिकार्य योजना नहुँदा कोरोना रोकथाम तथा नियन्त्रण भगवान भरोसामा रहेको स्थानियको भनाई छ । संक्रमण दर  र मृत्यु हुनेको दर बढ्दै गएपछि स्थानिय त्रसित बनेका छन् । स्थानीय प्रशासनले लकडाउन सहितको निषेधाज्ञा जारी गरेपनि स्थानिय पुजा पाठ, विवाह, भोजभतेरमा सरिक भैरहेका छन् । 

जिल्लामा दुई सातायता ६ सय ४६ जनामा गरिएको एन्टिजेन परिक्षणबाट दुई सय नौ अर्थात् ३२ दशमलब ३५ प्रतिशतमा संक्रमण देखिएको हो । परिक्षणको दायरा बढाइएको छैन । संक्रमण देखिएकाको कन्ट्रयाक ट्रेसिङ्ग गरिएको छैन । परिक्षण गरिएका मध्य करीव एक तिहाइमा संक्रमण देखिएपनि जिल्लामा तयारीको अवस्था हेर्दा निराशाजनक अवस्था देखिएको छ, नेपाल मानव अधिकार संगठनका जिल्ला अध्यक्ष केदारबहादुर शाहले भने,‘स्थानीय तहसँग प्रतिकार्य योजना नै छैन भने जिल्ला अस्पतालमा समेत भेन्टिलेटर सहितको उपचारको ब्यवस्था हुन सकेको छैन । अस्पतालमा रहेका भेन्टिलेटर आवश्यक दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन भएर थन्किएका छन् । जटिल खालका विरामी देखिए जिल्लामा उपचार हुने संभावना छैन ।’ 

स्थानीय तहले कोरोना नियन्त्रणतर्फ सक्रियता नदेखाएको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल पर्सन कृष्ण खत्रीले बताए। ‘सञ्चार सम्पर्क नहुँदा कुन स्थानीय तहले के गर्दैछन् भन्ने जानकारी नै छैन,’ उनले भने, ‘जानकारी भए एकीकृत रूपमा कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्थ्यो।’ 

तर जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले सवै पालिकासँग समन्वय भइरहेको र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको बताए । उनले जिल्ला अस्पतालमा पनि अक्सिजन सहितको उपचारको ब्यवस्थाका लागि निर्देशन दिइएको बताए ।

भेरी आधारभूत विद्यालयमा नौजना, त्रिभुवन माविको स्रोत केन्द्र भवनमा दुई जना र अस्पतालको आइसोलेसनमा ७ जना बिरामीलाई राखेर उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अन्य संक्रमित भने घरमै आइसोलेसनमा रहेका छन् ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि आगामी वैशाख २५ गते सम्मका लागि लकडाउन गरिएको छ । लकडाउनका कारण यातायात, शिक्षण संस्था, सरकारी कार्यालय, वित्तिय संस्था, पसल तथा ब्यवसाय सबै ठप्प छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.