डोटीका कोरोना संक्रमित पुरुषको मृत्यु

डोटीका कोरोना संक्रमित पुरुषको मृत्यु

डोटी : डोटीका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। जिल्ला अस्पताल डोटीको आइसोलेसनमा उपचार गराइरहेका उनको बुधबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। डोटीमा कोरोनाबाट मृत्यु हुने यो पहिलो घटना हो।

आदर्श गाउँपालिका-२ का ६२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले बताए। उनी दुई महिना पहिले भारतबाट घर फर्केका थिए। सामान्य अवस्थामा अस्पतालमा भर्ना भएका उनलाई कोभिड निमोनियाले च्याप्दै गएपछि उनको स्वास्थ्यमा समस्या देखिएको अस्पतालले जनाएको छ।

उनको शरिरमा उच्च रक्तचाप समेत रहेको थियो। यसभन्दा पहिले भारतमा उपचार गराउँदा उनको किड्नीमा समेत समस्या देखाएको अस्पतालमा भर्ना हुँदा उनले बताएको अस्पतालले जनाएको छ।

जिल्ला अस्पतालमा हाल ५ जना सक्रिय कोरोनाका बिरामी उपचार गराइरहेका छन् भने ३ जना सामान्य अवस्थामा रहेका बताइएको छ। ति ५ जनालाई अक्सिजन दिएर उपचार भइरहेको फुलाराले बताए। 

डोटीमा दिन प्रति दिन कोरोना संक्रमणको संख्यामा तीब्ररुपमा बृद्धि भइरहेको छ। हालसम्म दुई सय ३२ जनामा कोरोना भाइरस देखिएको छ। जसमा ८ जनाले अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् भने बाँकी दुई सय २४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.