सवारी दुर्घटनमा स्कुटर चालकको मृत्यु

सवारी दुर्घटनमा स्कुटर चालकको मृत्यु

भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी रहेकैबीच आइतबार राति भक्तपुरमा सवारी दुर्घटना भएको छ । टिफरले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार राति जिल्लाको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक लु २ ख ४५८८ नम्बरको टिपरले बागमती प्रदेश ०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आइरहेको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका चालक सूर्यविनायक नपा ८ सिपाडोल जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका राजारामलाई उपचारको लागि सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो । इवामुरा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका आइतबार राती नै काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको थियो ।

त्यहीं उपचारकै क्रममा सोमबार बिहान सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । प्रहरीले घटना गराउने सवारीसाधन र टिपरका चालक लमजुङ्गको बेशीसहर गाउँपालिका ११ घर भइ हाल काभ्रेको बनेपा नपा १३ साँगा बस्ने ३५ वर्षीय टार्जुन गुरुङलाई नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.