गाउँमा कृषि ‘एम्बुलेन्स’

गाउँमा कृषि ‘एम्बुलेन्स’

स्याङ्जा : फेदीखोला गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस महामारीका बेला किसानका परिश्रम खेर जान नदिन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ।  

कृषिउपजको बजारीकरण र त्यसको व्यवस्थापनको उद्देश्य रहेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। स्थानीय कृषिउपज बजार व्यवस्थापन सहकारी, मूल्य शृंखला परियोजना र गाउँपालिकाको साझेदारीमा पिक अप भ्यान खरिद गरी कृषि एम्बुलेन्स नामकरण गरिएको हो। भ्यान अब दिनहुँ किसानकहाँ पुगेर कृषिउपज ओसार्न प्रयोग हुनेछ। सहकारीले खरिद गरी बिक्री गर्छ। 

कृषि एम्बुलेन्स सञ्चालनपछि कृषिउपज बजारसम्म पुर्‍याउन कठिनाइ हुनेछैन। कोरोनाका कारण गत वर्ष जिल्लाका केही स्थानमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउन नपाउँदा खेतबारीमै खेर गएको थियो। गाउँपालिकाले २५ प्रकारका कृषिजन्य उत्पादनको समर्थन मूल्य तोकेको छ। 

कृषिउपजलाई बजार मूल्य उपलब्ध गराउन गाउँपालिकाले सहयोग गर्ने गरेको सहकारीका प्रबन्धक नवीन परियारले बताए। ‘हामीले किसानका घर–घरमा पुगेरै कृषिउपज ल्याएर बिक्री गर्छौं र किसानलाई न्यूनतम मूल्य दिन्छौं’, परियारले भने, ‘उत्पादनमा आधारित कृषिउपजमा पालिकाले १५ प्रतिशत अनुदान दिएको छ।’

उनका अनुसार आइतबारदेखि किसानका झन्डै ५ सय किलो तरकारी खरिद गरी स्थानीय बजारमा बिक्री गरिएको छ। अहिले बन्दा, काँक्रो, लौका, सिमी, गोलभेडा, बोडी, धनियालगायत तरकारी फलाइएका छन्।

पालिकाले कृषि उत्पादनमा जोड दिएको छ। पालिकाभित्रका पाँचै वडामा कृषिउपज संकलन केन्द्र स्थापना गरिएको छ। कृषि एम्बुलेन्सले गाउँमै उत्पादित हरिया तरकारी खान पाउने व्यवस्था मिलाएकोमा स्थानीय दंग परेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.