ट्रकको ठक्करबाट श्रीमान-श्रीमतीको मृत्यु

ट्रकको ठक्करबाट श्रीमान-श्रीमतीको मृत्यु

राजविराज : सप्तरीको पोर्ताहामा मङ्गलबार ट्रकको ठक्करले श्रीमान- श्रीमतीको मृत्यु भएको छ । घरदेखि बरमझियातर्फ साइकलमा गइरहेका हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाका ४५ वर्षीय सत्यनारायण मंण्डल  र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको ट्रकको ठक्करबाट मृत्यु भएको स्थानीय गंगा साहले बताए ।  

जिल्ला अस्पताल भारदह लैजाँदै गर्दा घाइते दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको  छ।  ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । 

दम्पतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा ल्याइएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.