सप्तरीमा कोरोनाबाट १० दिनको अवधिमा १० जनाको मृत्यु

सप्तरीमा कोरोनाबाट १० दिनको अवधिमा १० जनाको मृत्यु

राजविराजः सप्तरीमा कोरोना संक्रमणका कारण १० दिनको अवधिमा १० जनाको मृत्यु भएको छ ।

मङ्गलबार सप्तरीका १ महिला र १ पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कञ्चनरुपमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेकी कञ्चनरुप नगरपालिका–८ की ६५ वर्षीया महिलाको साँझ मृत्यु भएको स्वास्थ्य शाखा कञ्चनरुपका सहसंयोजक डम्बर गुप्ताले बताए ।

ती महिलामा बैशाख २० गते कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएकी थिइन् । क्रमिक सुधार हुँदै गएकी महिलामा अचानक अक्सिजन कमी भएर अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएको छ ।

शवलाई नेपाली सेनाको टोलीले राति झनकट्टास्थित कोशी किनारमा व्यवस्थापन गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । मृतक महिलाको परिवारका अन्य पाँच सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही वडाका ४५ र ६० वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि विराटनगर रेफर गरिएको छ ।

यसअघि बिहान १० बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवाका ६१ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हो ।

मुटुमा समस्या भइ सोमबार स्वासप्रस्वासमा समस्या आएपछि धरानस्थित प्रतिष्ठानमा उपचाररत उनको कोरोना संक्रमण पुष्टि भए लगत्तै मङ्गलबार मृत्यु भएको मृतक परिवारका सदस्यले बताए ।

त्यसअघि आइतबार तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ८० वर्षीय पुरुष र शनिबार बोदे बर्साइन नगरपालिका–१० का ३२ वर्षीय र कञ्चनरुप नगरपालिका–१५ का ४१ वर्षीय पुरुष, बैशाख २१ गते छिन्नमस्ता गाउँपालिका–४ का ४८ वर्षीय, हनुमाननगर कंकालिनी नगरपालिका–२ का ४२ वर्षीय र सप्तकोशी नगरपालिका–१ का ५० वर्षीय पुरुष, बैशाख २० गते खडक नगरपालिका–११ की ३६ वर्षीया महिला र बैशाख १८ गते राजविराज नगरपालिका–९का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कोभिड–१९ को दोस्रो लहरमा सप्तरीका दुई महिलासहित १० जनाको मृत्यु भएको छ । सप्तरीमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ ।

सप्तरीमा हाल सक्रिय संक्रमितको सङ्ख्या ५ सय १३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म संक्रमित भएकामध्ये १ हजार ७९८ जना निको भएका छन् । कोभिड–१९ को दोस्रो लहमा संक्तमित भएकामध्ये ३ महिला र २ पुरुष निसंक्रमित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.