समुदायमा संक्रमण फैलिएपछि सप्तरीको कञ्‍चनरुप नगरपालिका सिल गरियो

समुदायमा संक्रमण फैलिएपछि सप्तरीको कञ्‍चनरुप नगरपालिका सिल गरियो

राजविराजः समुदायमा कोरोना संक्रमण फैलिएपछि शुक्रबारदेखि सप्तरीको कञ्चनरुप नगरपालिका पूर्ण रुपमा सिल गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको शुक्रबारको बैठकले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण गर्ने निर्णय गरेसँगै नगरपालिका कार्यालयले समेत सिल गर्ने निर्णय गरेको हो ।

कञ्चनरुप नगरपालिकामा संक्रमण दर तिब्र भइ समुदाय स्तरमा व्यापक रुपमा फैलिरहेकाले सबै वडा सिल गर्ने निर्णय भएको कञ्चनरुप नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए । संक्रमण समुदायमा फैलिएको भन्दै कञ्चनरुप नगरपालिकाले स्वास्थ्य सेवाका अति आवश्यक सेवा बाहेक सबै सेवाहरु बिहानैदेखि बन्द गरेको थियो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण गर्ने निर्णय गरेपछि शुक्रबार सिडिओ फणिन्द्रमणि पोखरेलको उपस्थितिमा नगरपालिकामा बसेको बैठकले अनिश्चितकालका लागि सिल गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले बताए । कोभिड–१९ कोरोना भाइरसको दोस्रो भेरियन्ट विश्वव्यापी रुपमा तिब्र गतिमा फैलिरहेको र सो को प्रभाव नगरपालिकाको समुदायमा फैलिएकाले सिल गर्नु परेको खड्काले बताए ।

कोभिड–१९ को संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि नगर क्षेत्रभित्र रहेका मालपोत, नापी, विद्युत कार्यालय, वित्तिय संघ–संस्था, हाट बजार, पसल, व्यवसायहरु सबै बन्द गरिएको छ ।

नगरपालिकाले सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन र होम आइसोलेशनमा बसेका संक्रमित परिवारलाई आ–आफ्नो घर सिल राख्न सूचना जारी गरिएको छ ।

कञ्चनरुप नगरपालिकामा बिहीबार मात्र ३ जना कोरोना संक्रमितको मृत्यु हुँदा ३ दिनको अवधिमा कञ्चनरूपमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । कोभिड–१९ को पहिलो लहरमा ३ जनाको मृत्यु भएको कञ्चनरूप नगरपालिकामा दोस्रो लहरको सुरुवातमै पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीबार कञ्चनरूप नगरपालिकाका ४८ जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ जनामा संक्रमित पाइएको छ । संक्रमणको दोस्रो लहरमा संक्रमित ३ जना मात्र निको भएका छन् । हाल कञ्चनरुप नगरपालिकामा १ सय २० जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.