रामेछापमा संक्रमितको नयाँ रेकर्ड : एकैदिन १४५ जनामा कोरोना पुष्टि

रामेछापमा संक्रमितको नयाँ रेकर्ड : एकैदिन १४५ जनामा कोरोना पुष्टि

काठमाडौं : रामेछापमा सोमबार एकैदिन १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाब संकलन गरी पठाइएको १०४ जनामध्ये ८० जना, दोरम्बा गाउँपालिकाबाट स्वाब सङ्कलन गरी पठाइएको ६५ जनामध्ये २८ जना, सुनापति गाउँपालिकाबाट स्वाब सङ्कलन गरी पठाइएका ३५ जनामध्ये २० जना र रामेछाप नगरपालिकाबाट स्वाब सङ्कलन गरी पठाइएको ३३ जनामध्ये १७ जनामा पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। 

मन्थली नगरपालिकाका स्वास्थ्य संयोजक केशब फुयालका अनुसार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट गत बैशाख ३१ गते स्वाब संकलन गरी पठाइएको रिपोर्ट सोमबार आएको हो। उनका अनुसार मन्थलीमा गरिएको स्वाबमध्ये स्वास्थ्यकर्मी, दुरसञ्चारका कर्मचारी, निजामति कर्मचारी, सशस्त्र प्रहरी र सर्वसाधरणमा कोरोना भाइरस संक्रमण भएको छ।  संक्रमण देखिएकामध्ये अधिकांश होम आइसोलेसनमा बसेका छन्।

स्वास्थ्य कार्यालय रामेछापकाअनुसार जिल्लाबाट सोमबार तीन जनालाई रेफर गरिएको छ भने उनीहरुसहित १० जना डिस्चार्ज भएका छन्। जिल्लामा कोरोनाको दोस्रो लहर देखिपछि हालसम्म ४८५ जनामा कोरोना पुष्टि भएको छ। 

जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएसँगै स्वाब परीक्षणको रिपोर्ट ढिला आउन थालेको गुनासो पनि बढ्न थालेको छ। स्वाब संकलन गरेपछि पीसीआर परीक्षणको रिपोर्ट ढिलो आउँदा समूदायमा कोरोना फैलिन गरेको स्थानीयको गुनासो व्याप्त छ । संक्रमित स्वाब दिन जाँदा लामो समयसम्म कुर्नपर्दा त्यहिँबाट फैलन सक्ने उनीहरुले चिन्ता व्यक्त गरेका छन्।

समयमै रिपोर्ट नआउँदा संदिग्ध संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरु पत्ता लगाउन र उनीहरुको स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाउन ढिला गर्दा संक्रमण फैलने खतरा बढिरहेको छ। पहिलो लहरझैं कोरोनाको दोस्रो लहरमा कन्ट्याक्ट ट्रेसिङ जिल्लामा प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ।

जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बृद्धि भएसँगै निषेधाज्ञामा कडाई गरिएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रामेछापमा निरन्तर बढी रहेको र उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जेठ ९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.