नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते युवाको मृत्यु

नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते युवाको मृत्यु

परासी : सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र शसस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर घाइते भएका थिए । 

घाइते राजभरको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याएको थियो । उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए । उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । 

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५स्थित नथुई नाका ( वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५/७ जनाको समूहमा जान आएका व्यक्तिहरुसँग शसस्त्र प्रहरीको भनाभन भएको थियो । 

त्यसपछि उनीहरुले गाउँबाट  ५०/६० जनाको समूह बोलाई  टोलीमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए । 'भीड नियन्त्रण गर्न सुरुमा अश्रु ग्यास प्रहार गरिएको थियो । तर भीड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो, ' प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ । जिल्लामा निषेधाज्ञालाई थप कडाई गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर पनि स्थानीय नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.