कुटपिटबाट घाइते यादवको मृत्यु, चारजना पक्राउ

कुटपिटबाट घाइते यादवको मृत्यु, चारजना पक्राउ

राजविराज : कुटपिटबाट घाइते भएका सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको सोमबार मृत्यु भएको छ ।    कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भर्खरै मृत्यु भएको अस्पतालले जनाएको छ ।

मादक पदार्थ र नशालु पदार्थ खाएर बुधबार राति आपसमा झगडा हुँदा गाउँकै युवाहरुले धारिलो हतियारले निर्घात कुटपिट गरेको स्थानीयले बताए । सडक किनारमा टाउकोमा धारिलो हतियारले काटेर रक्ताम्मे अवस्थामा फेला परेका घाइतेलाई तत्कालै उपचारका लागि बिराटनगर पठाइएको इलाका प्रहरी कार्यालयका सइ अवधेश चौबैले बताए । 

अनुसन्धानका क्रममा प्रहरीले सोही गाउँका बिनय यादव, मुकेश यादब, मुकेश पासवान र मनोज यादब पक्राउ परेका छन् । पक्राउ परेका आरोपितहरुले कदम हटिया नजिक गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग बुधबार दिउँसो झगडा गरेका थिए ।

सोही झगडाको रिसमा मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितहरुले बुधबार राति कुटपिट गरेर घाइते अवस्थामा सडक किनारमा छाडेको मृतकका दाजु सरोबर यादवले बताए । नियन्त्रणमा लिइएका माछा, रक्सी खुवाउने भट्टीवाला सुगेन यादललाई भने अनुसन्धानपछि रिहा गरिएको छ ।

पक्राउ परेका युवाहरु यसअघि पनि कुटपिट र लागूऔषध ओसारपसारको आरोपमा पटक–पटक पक्राउ परेको स्थानीयवासीले बताए । शव बिराटनगरस्थित अस्पतालमा रहेको छ । शवको बिराटनगरस्थित कोशी अस्पतालमा पोष्टमार्टम पश्चात सप्तरी ल्याइने प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.