सडक बालबालिकाका साथी रमेश

सडक बालबालिकाका साथी रमेश

काठमाडौं : विभिन्न कारणले सडकमा पुगेका बालबालिकाको कहर देखेर रमेश सिलवाललाई दुःख लाग्थ्यो। कोही बाबुआमाको झगडाले घरमा बस्न नसकेपछि सडकमा आएका हुन्थे। कसैलाई भने अभिभावकले नै लठ्याउने औषधि वा निन्द्रा लाग्ने रसायन खुवाएर पैसा माग्नका लागि सडकमा छाडिदिन्थे। बुवा वा आमा अलि पर बसेर बालबालिकाको साथमा जम्मा भएको पैसा बटुल्थे। धेरै बालबालिकालाई त उनीहरूकै बाबुआमाले मागिखाने भाँडो बनाएका थिए। 

बालुवाटारमा हुर्किएका रमेश सिलवाल चितवनका रैथाने हुन्। काठमाडौंको सडकपेटीमा बाँचिरहेका बालबालिका देखेरै उनी हुर्किएका हुन्। चिसो रातमा सडकमा भोकै सुत्ने बालबालिका देखेर उनलाई दुःख लाग्थ्यो। उनीहरूका लागि सानो भए पनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने उनको मनमा लाग्थ्यो। सडक बालबालिकाका लागि सानै भए पनि सहयोग गर्ने सोच राखेर उनले २०६७ सालमा ‘चिल्ड्रेन भिजन नेपाल’ नामक संस्था दर्ता गरे। 

नेपाल अटोमोबाइल्स एसोसिएसन ‘नासा’ का कार्यकारी सदस्यसमेत रहेका सिलवाल नासामै काम गर्छन्। काम गरे बापत पाउने तलबबाट केही रकम संस्थाका लागि उनी छुट्याउँछन्। उनीहरू पाँच जना साथी मिलेर ‘चिल्ड्रेन भिजन नेपाल’ चलाइरहेका छन्। संस्थाले अप्ठ्यारोमा परेका बालबालिकालाई खाद्यान्न र लत्ताकपडा प्रदान गर्छ। कोरोनाका कारण असुरक्षित जीवन बाँचिरहेकालाई मास्क र सेनिटाइजर बाँड्ने गर्छ। रमेश भन्छन्, ‘सडक बालबालिकाका लागि काम गर्दागर्दै आफैं कोरोना संक्रमित भएँ। दुई साता अस्पतालमा बसेर भर्खर फर्किएको हँु। नेपालमा सडक बालबालिकाको स्थिति नाजुक छ। बाध्यताले सडकमा पुग्नेहरू कम छन् तर माग्नुलाई पेशा बनाएकाहरू छरपस्ट देखिन्छन्।’ प्रहरी तथा अन्य सरकारी निकायसँग सहकार्य गरी उनीहरूको उद्धारमा सहयोग गर्दै आएको उनले बताए। १७ वर्षको उमेरमा नै सामाजिक संस्था खोलेर उनले समाजसेवाको पाटोमा काम गरिरहेका छन्। 

उनको कामलाई मूल्यांकन गर्दै केही समयअघि उनलाई सरकारले समाज सेवा रत्न पदकबाट समेत विभूषित गरेको थियो। लकडाउन अघि उनी हरेक शनिबार न्युरोडस्थित संकटा मन्दिर छेउ पुगेर बालबालिकाको आवश्यकता अनुसारको सामान प्रदान गर्थे। ती बालबालिका सम्झँदै उनी भन्छन्, ‘अर्को शनिबार पनि आउनु है दाइ भनेर भनिरहन्थे उनीहरू। कसैलाई खाना, कसैलाई लुगा त केहीलाई कापी–किताब पनि दिने गरेका थियौं हामीले।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.