साताका सात तस्बिर

साताका सात तस्बिर

ललितपुरको नख्खु खोलामा धान रोप्नका लागि बिऊ निकाल्दै स्थानीय किसान।

ललितपुरको चापागाउँबाट आइतबार साँझ देखिएको चम्केको बिजुली। नेपालमा शुक्रबारबाट मनसुन प्रवेश गरेको छ। मनसुन सिजन सुरु भएपछि लामो खडेरीपछि पानी परेको छ।  

पाटनको मंगलबजारमा पानी भर्दै स्थानीय। वर्षा सुरु भएसँगै सुकेको पाटनको ढुंगेधारामा पानी आउन थालेको छ। मेलाम्ची खानेपानी एक महिनाका लागि बन्द भएपछि पाटनबासी यहाँका ढुंगेधारामा निर्भर पर्नुपरेको छ। 


ललितपुरको धापाखेलस्थित नागदहमा  जोखिमपूर्ण तरिकाले ढल्नै लागेको पोमा चढेर सुरक्षा मापदण्ड पुरा नगरी विद्युत मर्मत गर्दै प्राविधिक।  
 

ललितपुरको नख्खु खोलामा एक अलकत्रा कारखानाबाट निस्केको धुलोको मुस्लो। असार महिना लाग्दै गर्दा सडक कालोपत्रे गर्नका लागि आजकल काम धेरै हुने गरेको छ। केही वर्षअघि बस्ती नबेसेको यस ठाउँमा आजकल भाडामा टहरा बनाएर बस्नेहरुले फाँट भरिएको छ। बस्तीको बीचमा अलकत्रा कारखानाबाट आउने धुलोका कारण सर्वसाधारणलाई असर पुगिरहेको छ। 

राजधानीको थापाथली पुलमा निषेधाज्ञाको समयमा सुनसान सडकमा माग्न बसेकी परमेश्वरीदेवी शाह। उनी दुवै आँखा देख्दिनन् भने उनका श्रीमान् पनि आँखा देख्दैनन्। उनको परिवार थापाथलीको सुकुम्बासी बस्तीमा बस्ने गर्दछन्।  उनकी एक छोरी छन्। निषेधाज्ञाको समयमा माग्न बस्दा कसैले पनि पैसा नदिँदा खान समेत समस्या भएको उनी बताउँछिन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.