साविक गाविस सचिवविरुद्ध मुद्दा

साविक गाविस सचिवविरुद्ध मुद्दा

काठमाडौं : बारा साविक अमलेखञ्ज गाविस हाल जीतपुरसिमरा उप–महानगरपालिकाको तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध मुद्दा दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  झाविरुद्ध २ लाख ८१ हजार बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

 झाले आब २०७०र०७१ र २०७१र०७२ को आयव्याय पारदर्शी नगरेको, लक्षित वर्गलाई वितरण गर्नुपर्ने रकम वितरण नगरेको, मनोमानी ढंगले गाउँ परिषद् नभएको योजना उपभोक्ता समिति गठन नगरी किर्ते बिल बनाई किर्ते सहिछाप गरी रकम निकासी गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। 

अनुसन्धानमा  झाले  कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा जम्मा १ लाख ३४ हजार बढी भुक्तानी गरेको देखिएको छ।
 
 लक्षितवर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखापरीक्षण प्रतिवेदन अनुसार निकासा भएको देखिएको २ लाख ९१ हजार रकम खर्च गरेको देखिएता पनि सो खर्चमध्ये १ लाख ४७ हजार ५ सय को बिल भरपाई पेस गरेको नदेखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। 

झाले  गाविस संचालित योजनामा बढी मूल्याङ्कन गराई बदनियतपूर्ण ढंगले वास्तविक खर्चभन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन बमोजिम बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.