बलानले बालक बगायो

बलानले बालक बगायो

राजविराज : वर्षा लागेसँगै बलान नदीमा आएको बाढीले बुधबार सप्तरीमा एक बालकको ज्यान लिएको छ। बाढीले बगाएका बलान बिहुल गाउँपालिका-४ बेल्हीका १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। 

बालक सन्तोष नदी पारी खेतमा काम गरिरहेका बुवा किसुनदेब भण्डारीलाई खाजा पुर्‍याउन गएका थिए। खाजा पुर्‍याउन जाँदा नदीमा बाढी थिएन। घर फर्किरहेको बेला नदीमा सामान्य पानी थियो। नदीको बीच भागमा पुगेपछि अचानक बाढी उर्लिएको स्थानीयवासीले बताए।

बाढीले आँखै अगाडिबाट सन्तोषलाई बगाएको प्रत्यक्षदर्शीहरु बताउँछन्। देख्ने गाउँलेहरुले बालक बगाएको जानकारी गराएपछि भारततिर रहेका चिनजानका व्यक्तिहरुलाई खबर गरेको उनका दाजु रामशंकर भण्डारीले जानकारी दिए। 

खोजतलाशका क्रममा सन्तोषको शव भारतको मधुबनी मझौरास्थित बलान खोलामा साँझ फेला पर्‍यो। सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार शवको पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ। मनसुन सुरु भएलगत्तै बालकको मृत्युले उनका बुवा अचेत भएका छन्। 

वर्षेनी बलान खोलामा आउने बाढीले जनधनको क्षति गर्दै आएको छ। धान रोप्ने गरेको खेत नै कटान हुँदा दर्जनौ परिवार सुकुम्बासी बन्दै आएका छन्। वर्षामा आउने बाढीले दर्जनौ व्यक्तिको सातसय विघा भन्दा बढी जमिन बलान खोलाले निलिसकेको बेल्ही निवासी इञ्जिनियर नबिनकुमार झाले बताए। बेल्हीस्थित नवका टोल पुरै विस्थापित भएको र बिचला टोल प्रभावित बन्दै गएको छ। खोलाको पानी बेल्ही पम्प नहर नजिकै आइपुगेकोले नहरमा खोलाको पानी प्रवेश गरेमा गाउँ नै विस्थापित हुन सक्ने खतरा रहेको झाले बताए।

बलान बिहुल गाउँपालिका–२ दिघियामा बाढी नियन्त्रणको काम भइरहेको छ। तर वडा नम्बर–४ को बेल्हीमा भइरहेको कटान नियन्त्रणतर्फ काम नभएको गाउँलेहरुले बताए। पश्चिममा सिरहा जिल्लालाई छुट्याउने बलान खोला पहिले सिरहा जिल्लाको ठाँडी नजिक भएर बग्ने गरेकोमा अहिले पूर्व तिर आएकोले बेल्ही गाउँ कटानमा परेको हो। 

१५ वर्ष अघिसम्म पश्चिमबाट बग्दै आएको नदी धार परिवर्तन गरी पूर्वतर्फ मोडिएर खेतीयोग्य जमीन निल्न थालेपछि सिंगो बेल्हीवासी चिन्तित बनेका हुन्। जग्गाजमिनलाई बगर बनाउँदै आएको बलान नदीले बुधबार बालक नै बेपत्ता बनाई मृत्यु भएकोमा गाउँलेहरु चिन्ताले पिरोलिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.