एमालेमा ‘कुरा मिल्दै’

एमालेमा ‘कुरा मिल्दै’

काठमाडौं : एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ। एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो।  

नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए। ‘कुनै धाँधली भएन भने अब पार्टी विभाजनबाट जोगिन्छ होला’, उनले भने, ‘यसलाई मिल्ने भाषामा कसरी लिपिबद्ध गर्ने छलफल भइरहेको छ।’

उनले सहमति टिक्ने/नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमान्दारीमा निर्भर रहने बताए। उनले सर्त राख्ने कुराले पनि निश्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिए। सर्वोच्चको मुद्दा, २०७५ जेठ ३ मा थपिएका ३८ केन्द्रीय सदस्य, २०७७ फागुन २८ मा थपिएका माओवादी केन्द्रबाट आएका २३ नेताको विषयबारे सहमति जुट्न बाँकी छ। २०७५ जेठ २ सम्म एमालेमा २ सय ३ केन्द्रीय सदस्य थिए। 

एमाले र माओवादी केन्द्रबीच एकीकरणमा २ सय ४१ पुर्‍याउन जेठ ३ मा केन्द्रीय सदस्य थपिएका थिए। त्यसमा माओवादीबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो।
एमाले र माओवादी केन्द्र एकता भंग भएपछि अध्यक्ष केपी शर्मा ओलीले २०७७ फागुन २८ मा रामबहादुर थापा बादलसहित २३ जना थपेर २ सय ६४ सदस्यीय केन्द्रीय समिति पुर्‍याएका थिए। त्यसमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएका थिए। 

यद्यपि, आचार्यले अदालतको मुद्दाको विषय फिर्ता हुन गाह्रो रहेको बताए। ओली पक्षको मुख्य अडान यसमै छ। नेपाल पक्षका २३ प्रतिनिधि सभा सदस्यले सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिएका छन्। उनीहरूले अदालतमा मै पुगेर सनाखत गरेका हुन्। 

संस्थापन पक्षका नेता सुवास नेम्बाङले छलफल निरन्तर जारी रहेको बताए। ‘हामी निरन्तर संवादमा छांै। निश्कर्षमा पुगिसकेको छैन,’ उनले भने, ‘निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर लागिरहेका छौं।’ स्रोतका अनुसार संवादलाई निष्कर्षमा पुर्‍याएर केही दिनभित्रै संयुक्त बैठक आयोजना गर्ने तयारी भइरहेको छ।

संस्थापन पक्षका नेम्बाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल तथा नेपाल पक्षका आचार्यसहित सुरेन्द्र पाण्डे, गोकर्णविष्ट, योगेश भट्टराई एकताको संवाद गरिरहेका छन्। 
उनीहरूकै वार्ता र छलफलपछि प्रदेशमा एमाले एकता देखिन थालेको छ। प्रदेश १, बागमती र लुम्बनी प्रदेशमा नीति तथा कार्यक्रम पास भएको छ। गण्डकी प्रदेशमा पनि एकताबद्ध भएका छन्। शुक्रबार पनि दुवै पक्षका नेताबीच छलफल भएको छ। वार्तामा संस्थापन पक्षबाट सुवास नेम्बाङ र विष्णु पौडेल थिए। नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.