आँधीखोला तर्ने क्रममा बगाउँदा थापाको मृत्यु
![आँधीखोला तर्ने क्रममा बगाउँदा थापाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/photo-death_20210619140502_q6waDeUCIv.jpg)
स्याङजा : स्याङ्जामा आँधीखोलाले बगाएर एक पुरुषको शनिवार मृत्यु भएको छ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ४ रामकोश बस्ने ५१ वर्षीय मनबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए। उनी रामकोशबाट पुतलीबजार नगरपालिका १४ लामागे जानेक्रममा आँधीखोला तर्दै गर्दा बगाएको हो।
थापाको मृत्यु सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)