पत्रेखोलामा बगेर महिला बेपत्ता
दाङ : दाङमा एक महिलालाई खोलाले बगाएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ११ हापुर सिउपुरकी अन्दाजी ५०/५२ वर्षको महिला पत्रेखोलामा बगेर वेपत्ता भएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख गणेश गिरीले जानकारी दिए।
जितपुरबाट घर फर्कने क्रममा पत्रेखोलालेमा दिउँसो करिब साढे दुई बजेतिर बेपत्ता भएको उनले बताए। बेपत्ता महिलाको खोजीकार्य जारी रहे पनि अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !