ताप्लेजुङमा वेवारिसे मानव कङ्काल भेटियो
ताप्लेजुङ: ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ मिश्रटारमा मानव कङ्काल फेला गरेको छ ।
स्थानीयले असार १२ सडेगलेको अवस्थामा पहिचान हुन नसक्ने कङ्काल भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा सडेका हाड, निलो स्वीटर, रातो महिलाले लगाउने सुरुवाल, रातो सेतो चेक भएको सर्ट, नेकपा एमाले लेखिएको सेतो भेष्ट, खैरो निलो धर्को भएको सुरुवाल, र कालो लामो कपाल रहेको फेला परेको प्रहरीले जनाएको छ ।
कङ्काल सनाखत गर्ने मानिस फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कैलास अधिकारीले बताए । सनाखत, पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ ।