भूमिसम्बन्धी समस्या समाधान गरेरै छाड्छौँ: ज्ञवाली

भूमिसम्बन्धी समस्या समाधान गरेरै छाड्छौँ: ज्ञवाली

रौतहट: भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञावलीले भूमि सम्बन्धी समस्या जटील भए पनि सहजतापूर्वक समाधान खोजिने बताएका छन् ।

मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित भूमि सम्बन्धी समस्या समाधान विषयक अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ज्ञावलीले आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको दिगो रुपमा समस्या समाधानको लागि काम गरिहेको बताए ।

हालसम्म करिब १० लाख भन्दा बढी नागरिकले जमिन प्राप्तिका लागत फारम भरेको जानकारी दिँदै उनले देशभर करिब २० देखि २१ लाख आवेदन पर्नसक्ने आंकलन गरेका छन् ।

२०१६ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले बिर्ता उल्मुलन ऐन ल्याएकै कारण २०१७ सालमा सरकार ढलेको स्मरण गर्दै अध्यक्ष ज्ञवालीले जस्तोसुकै अफ्ठेरो आए पनि यो आयोगले यसपटक भूमिहीनहरुको व्यवस्थापन गरेरै छाड्ने विश्वास व्यक्त गरेका छन् ।

सुकुम्बासीहरुको पहिचान र समस्या समाधान खासगरी स्थानीय तहहरुबाट नै हुने हुँदा यो अवसरलाई नगुमाउन पनि अध्यक्ष ज्ञवालीले स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरे । सुकुम्बासी तथा अव्यवस्थित जमिनहरुको लगत उठाउने मुख्य जिम्मा नै स्थानीय सरकारको भएकोले चाँडो भन्दा चाँडो लगत संकलन गर्न उनले स्थानीय सरकार प्रमुखहरुलाई आग्रह गरेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाले मात्रै लगत संकलन सम्पन्न गरेको र अन्य १७ वटा स्थानीय तहहरुसँग पनि काम गर्न सम्झौता भएको तर लगत संकलन कार्य नभएको आयोगका रौतहट जिल्ला अध्यक्ष उद्धब रेग्मीले जानकारी दिएका छन् ।

कार्यक्रममा रौतहटको बृन्दावन नगरपालिकाका प्रमुख राम स्नेही यादव,गढीमाई नगरपालिकाका प्रमुख श्याम यादव, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, गुजरा नगरपालिकाका प्रमुख शन्तलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद जयसवाल, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, गरुडाका प्रमुख तथा प्रशासकीय अधिकृत लगायत जिल्लाका ९ वटा नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता थियो ।

रौतहटमा १८ स्थमनीय तहमध्ये हालसम्म चन्द्रपुर नगरपालिकाले मात्रै लगत संकलन कार्य सम्पन्न गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.