प्रतिनिधिसभा पुर्नस्थापित हुन्छ,ओली र नेपाल मिल्नुको विकल्प छैन : नेता भट्टराई

प्रतिनिधिसभा पुर्नस्थापित हुन्छ,ओली र नेपाल मिल्नुको विकल्प छैन : नेता भट्टराई

ताप्लेजुङ : विघटित प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले नेपालको संसदमा दुईवटा विश्व रेकर्ड हुने बताएका छन् । पाँच वर्षको अवधिमा दुईपटक विघटन भएर दुस्रो पटक पनि पुर्नस्थापना हुने सम्भावना रहेको उनले दावी गरे।

गृह जिल्ला आइपुगेका भट्टराईले नेपाल पत्रकार महासंघ ताप्लेजुङले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै भने, ‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढङ्गले जाँदैछ, घटनाहरु दुःखदायी छन्, तर देख्दा रोचक छ,’ उनले भने,‘एउटै कार्यकालमा दुई पटक प्रतिनिधिसभाको विघटन सायद यो वल्र्ड रेकर्ड हुन्छ होला, र अर्को पनि वल्र्ड रेकर्ड हुन्छ होला दुवैपटक प्रतिनिधिसभाको पुर्नस्थापना अदालतले गर्छ।’ 

सर्वोच्च अदालतमा विधटन सम्बन्धी मुद्दाको वहसको तर्क सुन्दा संसद पुर्नस्थापना हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । ‘यो पटक पनि पहिलेकोजस्तै पुर्नस्थापनाका तर्कहरु उत्तिकै बलिया छन्, उत्तिकै जोडदार छन्, संवैधानिक छन्,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीले संसदमा अर्को विकल्पका लागि हरदम ढोका खुला राख्नुपर्ने थियो त्यसो गर्नुभएन, संविधानमा प्रतिनिधिसभा विघटन हुनै नदिने मनसायले धारा ७६ मा एक देखि ५ सम्मका प्रावधान राखिएका हुन्, त्यसैले म ढुक्क छु, प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ ।’ 

नेकपा एमालेका सचिव समेत रहेका भट्टराईले अध्यक्ष केपी ओली र नेता माधव नेपाल दुवैले एकपक्षीय निर्णयलाई खारेज गरेर एकताको बाटो सहज बनाउनुपर्ने बताए । 

‘दुवै तर्फबाट बनाइएका समानान्तर कमिटि, गरिएका समानान्तर गतिविधि खारेज गर्नुपर्छ, सहमतिमा फर्कनुपर्छ,’ उनले भने, मिल्नुको विकल्प छैन ।’ सो अवसरमा भट्टराईले पत्रकार महासंघ ताप्लेजुङ शाखालाई नगद एक लाख रुपैयाँ सहयोग पनि प्रदान गरेका थिए । 

नेपाल पत्रकार महासंघ ताप्लेजुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै योगेश भट्टराई । तस्बिरः सीताराम गुरागाईं


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.