सप्तरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
![सप्तरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/20180510085344_Tipper-accident_VMpvR9bgfR.jpg)
राजविराजः पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–११ बेङ्गरी चोकमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
बाटो काटने क्रममा मङ्गलबार स.१ क २८० नम्बरको टिपरले ठक्कर दिँदा साइकलयात्री ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
सप्तरी प्रहरीका अनुसार मृतक चौधरी कञ्चनरुप नगरपालिका-११ बेङ्गरीकी स्थायी बासिन्दा थिइन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ गइरहेकी चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कर्याालयका डिएसपी मात्रवप्रसाद काफ्लेले बताए ।
शवलाई पोष्टमार्टमका लागि राजजिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । टिपर र चालक सप्तरीको रुपनी गाउँपालिका-५ बस्ने ४५ वर्षीया श्रवण यादव इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)