बहुविवाह मुद्धामा फरार अभियुक्त पक्राउ
जाजरकोट : बहुविवाह मुद्धामा फरार अभियुक्त पक्राउ परेकी छन्। १० महिना अघि जिल्ला अदालतबाट सजाय सुनाइएकी भेरी नगरपालिका- २ रिसाङ्ग बस्ने अनिता शाह विकलाई प्रहरीले पक्राउ गरेको हो।
गत वर्ष भदौ ९ गते जिल्ला अदालतबाट एक वर्ष ५ महिना १२ दिन सजाय र २० हजार जरिवाना तोकिएको थियो। तर उनी फरार हुँदै आएकोमा घरमै बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनका श्रीमान चन्द्र बहादुर विक गत वर्ष नै पक्राउ परिसकेका थिए। उनलाई अढाइ वर्षको जेल सजाय तोकिएको छ। दुवै जनालाई सँगै पक्राउ गरिएको भएपनि अनिता धरौटीमा छुटेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !