मजदुरलाई उपचार गर्ने अस्पताल ५७ वर्षमा

मजदुरलाई उपचार गर्ने अस्पताल ५७ वर्षमा

नुवाकोट : विदुर नगरपालिका-९ वागटारमा रहेको त्रिशूली अस्पताल सोमबार स्थापनाको ५७ औं वबर्षमा प्रवेश गरेको छ। अस्पतालमा हाल नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार हुँदै आएको छ। गत २०२१ सालमा त्रिशूली जलविद्युत केन्द्रका कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि अस्थायी रुपमा खोलिएको साधारण स्वास्थ्य केन्द्रको विकसित रुप नै अहिलेको नुवाकोट जिल्ला अस्पताल त्रिशूली  हो। 

स्थापनाको एक दशपछि २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुल्ला गरिएसँगै त्रिशूली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताको स्वास्थ्य उपचारको लागि उपयुक्त गन्तव्य बन्दै आएको अस्पतालका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले वताए। सो अस्पतालमा हाल कोरोना संक्रमितहरुको उपचार हुदै आएको छ।
पहिले १५ शैय्याबाट सेवा दिन थालिएपनि आवश्यकता अनुसार २०६९ सालमा यो अस्पताल ५० शैय्यामा स्तरोन्नती भएको हो । २०७२ सालको विनासकारी भुकम्पमा परी पुर्णरुपमा क्षति हुँदापनि अस्थायी टेन्ट प्रयोग गरेर त्यहाँका जनताको स्वास्थ्य उपचार र जीवन रक्षामा सो अस्पतालले नुवाकोट, रसुवा र धादिङ तिनै जिल्लाका नागरिकहरुलाई उपलब्ध गराएको उपचार सेवा दिइरहेको स्थानीयवासी बताउँछन्।

अस्पतालमा हाल उच्च आधुनिक एउटासहित अन्य चार वटा सानाठुला भवनहरु रहेका छन्। २०७३ सालमा अस्पताल परिसरमा वनाइएको प्रि–फ्याबको भवनबाट अस्पतालको सम्पुर्ण सेवा दिदै आएकोमा अहिले कोरियन सहयोग संस्था कोइकाको सहयोगमा नवनिर्मित अत्याधुनिक भवनबाट अस्पतालले सेवा सन्चालन गरिरहेको छ।

देश संघीयतामा गएपछि बागमती प्रदेश सरकार मातहत रहेको त्रिशूली अस्पताललाई गत वर्ष एक सय शैय्यामा स्तरोन्नति गर्ने घोषणा भएसँगै अस्पतालको सांगठनिक पुनर्संरचनाको लागि ओएनएम सर्भे गर्न सामाजिक विकास मन्त्रालयले पहल गरेको छ।  अस्पताललाई चाहिने थप जग्गा प्राप्तिको लागि नेपाल सरकार मन्त्रीपरिषदसम्म माग पुगेको अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेले बताए। 
उनका अनुसार कुल ५९ जना स्थायी दरवन्दी भएको त्रिशूली अस्पतालमा २६ जना मात्र दरबन्दी परिपुर्ती भएको प्रतिकुल अवस्थामा पनि अस्पताल संचालन तथा व्यवस्थापन समितिबाट थप कर्मचारीको व्यवस्थापन गरी करिब एकसय ९० जना कर्मचारीले सेवा दिइरहेका छन्। स्वास्थ्य मन्त्रालयको न्युनतम सेवा मापदण्ड अनुसार ५० बेडका अस्पतालमध्ये उत्कृष्ट ठहरिएको यस अस्पतालले कोभिड महामारीको बिचमा आफ्नै अक्सिजन प्लान्ट, आफ्नै पिसिआर प्रयोगशाला, ६० बेडको कोभिड वार्ड र १२ वटा भेन्टिलेटरसहित २० बेडको आईसियु/एचडियु संचालनमा ल्याई नुवाकोट, रसुवा र धादिङ जिल्लाका जनताको सेवामा अनवरत खटिएर उदाहरणीय कार्य गरेको छ।

अस्पतालले हाल नुवाकोटसहित रसुवा र धादिडका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिँदै आएको छ। दैनिक एकसय जनाभन्दा बढीले आकस्मिक र वहिरंग सेवामार्फत उपचार लिँदै आइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.