पोखरीमा डुबेर बालकको मृत्यु
![पोखरीमा डुबेर बालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/duber-death_20180619053617_T70P6moYx4.jpg)
राजविराजः घर छेउको पोखरीमा खेलिरहेका एक बालकको शुक्रबार पानीमा डुबेर मृत्यु भएको छ ।
सप्तरीको रुपनी गाउँपालिका–१ नकटी रायपुरका अबधीराम यादवको छोरा ६ वर्षीय युवराज कुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
छिमेकी मुखिलाल यादवको माछा पोखरीमा बालबालिकाहरुसँगै खेलिरहेका यादव डुबेर बेहोस भएका थिए । डुबेर बेहोस भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।
शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)