पहिरोले एक घर बगायो : महिला घाइते, दर्जनौं घरमा क्षति

पहिरोले एक घर बगायो : महिला घाइते, दर्जनौं घरमा क्षति

नुवाकोट : अविरल वर्षासँगै आएको बाढी र पहिरोले नुवाकोटमा लाखौंको क्षति पुगेको छ। नुवाकोटका विभिन्न स्थानमा शुक्रबार राती परेको अविरल वर्षाको कारण विदुर नगरपालिका–१ वान्द्रेको एक घरमा पूर्ण रुपले क्षति भएको हो। 

घरमा राती सुतिरहेका बेलामा स्थानीय ३५ वर्षीय राजु बिकको एक तले घर माथिबाट आएको पहिरोले बगाएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। पहिरोले घर क्षति गर्दा बिककी श्रीमती ३४ वर्षीया अमृता बिक घाइते भएकी प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। 

उनका अनुसार घाइते अमृताको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ। पहिराले घर भत्किएका बिकलाई अन्यत्र स्थानान्तरण गरिएको प्रजिअ दुलालले बताए। 

अविरल वर्षासँगै आएको बाढीपहिराले नुवाकोटको विभिन्न स्थानमा रहेका घरगोठमा क्षति गरेको नुवाकोट प्रशासनले जनाएको छ। एक दर्जनभन्दा बढी घरमा आंशिक क्षति गरेको जनाइएको छ। 

पहिराले विभिन्न मुल तथा शाखा सडकमाहरुमा क्षति पुर्‍याएको छ। नुवाकोटको बट्टार र विदुरको बीचमा पासाङल्हामु मार्ग मर्मत गरेको दुई घण्टा पनि नबित्दै पुनः बाढीले वगाएको छ। सेनाको मैथली तालिम केन्द्र नजिकै रहेको विदुरतर्फ खोल्चामा राखिएको ह्युम पाइप नै बाढीले बगाएको छ। बाढीले ह्युम पाइप बगाएसँगै सडक पुनः अवरुद्ध भएको हो।
    
पासाङल्हामु मार्गको बट्टार–त्रिशूली सडकमार्गको बीचमा रहेको सो कज वे दुई दिन अगाडि यहि साउन १३ गते राती पनि बाढीले बगाएको थियो। मर्मत गरेर अस्थायी रुपमा यातायात सुचारु भएकोमा शुक्रबार रातीको बाढीले पुनः क्षति गरेका कारण आवतजावत नै ठप्प भएको छ। 

 सवारी आवागमन सो सडकमा रातीदेखि नै अवरुद्ध भएको छ। ह्युम पाइम र तारजालीमा ढुंगा भरेर अस्थायी रपमा बाटो सञ्चालनको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाल दुलालको भनाइ छ। 

बाढीले बगाएर सडक अवरुद्ध  हुँदा सयौं यातायातका साधनहरु ठप्प भएका छन्। अवरुद्ध भएको सडक खुलाउन केही समय लाग्ने बताइएको छ।
पैदलयात्री पनि हिंड्न नसकिने गरी सडक भासिएपछि यातायात पूर्ण रुपमा अवरुद्व हुनुका साथै आवतजावत नै बन्द भएको छ। बाढीले बगाएको सडकलाई पुनः मर्मत गरी अस्थायी रुपमा सञ्चालन गर्न एक थान स्काभेटर, एक थान जेसिभी तथा २० जना मजदुर परिचालन गरिएका छन्। 

बाढीले सडक बगाएर पैदलयात्रुले समेत हिंड्न पाएका छन्। सयौँ सवारीसधान बीच बाटोमै अलपत्र परेका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.