चीनमा बलात्कारको मुद्दामा पप गायक पक्राउ

चीनमा बलात्कारको मुद्दामा पप गायक पक्राउ

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ। यसै महिनाको सुरुमा एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा चिनियाँ–क्यानडेली अभिनेता तथा गायकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्यवहार गरिएको आरोप लगाएका छन्।

वुले सबै आरोप अस्वीकार गरेका छन्। 

उक्त समाचार चिनियाँ सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशित भएको र त्यसले यौनमा सहमतिको विषयमा बहस निम्त्याइरहेको छ। एक दर्जन विश्व प्रतिष्ठित ब्रान्डहरूले घटनापछि वुसँग आफ्नो व्यापारिका सम्झौता अन्त्य गरेका छन्। 

पहिलो पटक आरोप लगाउने १९ वर्षीया विद्यार्थीले सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाइएको बताएकी छन्। उनले आफूलाई मदिरा सेवन गर्न दबाव दिइएको र बिहान उठ्दा वुको ओछ्यानमा आफूलाई पाएको जनाएकी छन्। उनले रोजगारी र अरू अवसरहरू उपलब्ध गराउने वाचा गरेर वुले आफूलाई सम्बन्ध राख्न बाध्य पारेको सात जना अरू महिलाले बताएको उल्लेख गरेकी छन्।

ती मध्ये कतिपय उमेर नपुगेका किशोरी रहेको उनले बताइन्। वुले ती १९ वर्षीया युवतीलाई मदिरा सेवन गराएको अस्वीकार गरेका छन्। उनले लोभ देखाएर यौन सम्बन्ध राखेको, अर्धचेत युवतीलाई बलात्कार गरेको र नाबालिगसँग सम्बन्ध राखेको अस्वीकार गरेका छन्।

चिनियाँ कानुनमा १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग ठहर गरिएको छ तर यौनका लागि सहमति दिन सक्ने उमेर १४ वर्ष भनिएको छ।

यो घटना सन् २०१८ को मी टू अभियानका कारण चीनमा यौन हिंसासम्बन्धी चेतना बढ्दै जाँदा बाहिर आएको हो। त्यस बेला कैयौँ महिलाहरूले चर्चित व्यक्तिहरूको यौन दुर्व्यवहारबाट पीडित भएको भन्दै मुख खोलेका थिए। सुरुमा वु केटाहरू सम्मिलित के पप समूह इएक्सओको सदस्यका रूपमा चर्चामा आएका थिए।

सन् २०१४ मा उनले सफल एकल गायन, अभिनय, मोडलिङ र ट्यालेन्ट सोको निर्णायक बन्न उक्त ब्यान्ड छाडेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.