थप ३ हजार हेक्टरमा सिँचाइ

थप ३ हजार हेक्टरमा सिँचाइ

दाङ : दाङमा तीन हजार हेक्टरमा खेती योग्य जमिनमा बाह्रैमास सिँचाइ थपिएको छ। जिल्लाको खेतीयोग्य ६४ हजार हेक्टर जमिनमध्ये थप तीन हजार क्षेत्रफलमा यो वर्षदेखि बाह्रैमास सिँचाइ सुविधा पुगेको हो। 

जिल्लाको ५६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले ४ वर्षअघि दाङमा स्थापना भएको बृहत् दाङ सिँचाइ आयोजनाले तीन वर्षको अवधीमा ३ हजार हेक्टरमा बाह्रै मास सिँचाइ सुविधा थप गराएको हो।

किसानको सहकार्यमा सिँचाइ सुविधा उपलब्ध गराउन थालिएको हो। आयोजनाले आर्थिक वर्ष २०७४÷२०७५ देखि योजना बनाएर निर्माण कार्य सुरु गरेको हो। ३ हजार हेक्टरमा सिँचाइ उपलब्ध गराउन हालसम्म ४८ करोड ६१ लाख रुपैयाँ खर्च भएको आयोजना प्रमुख राजु आचार्यले जानकारी दिए। 

१० वर्षको कार्ययोजनासहित स्थापना भएको आयोजनाका लागि ४० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आयोजनाको योजना सफल भए जिल्लाको ५६ हजार हेक्टर जमिनमा सहजै सिँचाइ सुविधा उपलब्ध हुनेछ भने दुईवटा ठूला डाइभर्सनको समेत काम पनि सम्पन्न हुनेछ। 

आयोजना प्रमुख आचार्यका अनुसार परियोजनाले पाँच प्रकारले काम गरिरहेको छ। डाइभर्सन निर्माण, पानी संकलनका लागि जलाशय ड्याम निर्माण, बबई करिडोर लिप्ट सिँचाइ योजना, पुराना सिँचाइ योजनाको आधुनिकीकरण र पहाडी क्षेत्रमा मूल संरक्षण तथा पानी संकलनजस्ता काम भइरहेका छन्।

बृहत् दाङ सिँचाइ आयोजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १४ वटा जलाशय निर्माण भइसकेका छन्। ३० वटा प्रक्रियामा छन्। उनकाअनुसार आगामी वर्ष जलाशयको निर्माण सम्पन्न हुने हुँदा १४ वटै जलाशयले सिँचाइ सुविधा उपलब्ध हुने र यसले गर्दा सिञ्चित क्षेत्र पनि विस्तार हुनेछ।

आचार्यका अनुसार कार्यालयले अहिलेसम्म सल्यानको शारदा नदीको पानी दाङ झार्ने गरी शारदा डाइभर्सनको पूर्वसम्भाव्यता अध्ययन पूरा गरेको छ। यसका साथै ग्वारखोलाको उच्च बाँधको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न र विस्तृत इन्जिनियरिङको काम सुरु भएको छ। यस्तै माडी दाङ डाइभर्सन सम्बन्धित अध्ययन भइरहेको छ।  

आयोजनामार्फत निर्माण भएका जलाशय र लिप्ट सिँचाइ योजनाबाट सुक्खा स्थानमा सिँचाइको बाह्रैमास व्यवस्था भएपछि अन्नबालीका साथै नगदे बाली, व्यावसायिक तरकारी खेती गर्ने क्रम सुरु भएको किसानले बताएका छन्। सिँचाइको अभावमा पहिले वर्षभरि एक बाली मात्रै लाग्ने बारीमा अहिले सिँचाइ सुविधा भएर विभिन्न प्रकारको कृषि बाली लगाउन थालिएको स्थानीय किसान होताराम खत्रीले बताए। 

घोराही–४ की रिखा घर्तीले गाउँमा जलाशय निर्माण हँुदा सिँचाइको दुःख टरेको सुनाइन्। पहिले आकाशे पानीबाट मात्रै सिँचाइ हुने गरेको भन्दै अहिले जलाशय बन्दा वर्षभरि सिँचाइ हुन थालेको जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.