अफगानिस्तान : प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

अफगानिस्तान : प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको छ। अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको छ।

उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको बताइएको छ। ग्रामीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएका छन्।

'यहाँ जताततै लडाइँ भइरहेको छ,' त्यहाँको अस्पतालमा रहेका एकजना चिकित्सकले भने।

विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको छ।

बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भू–भागहरू कब्जा गरिरहेको छ।

हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो।उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ।यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ।

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहेको छ। त्यहाँको विमानस्थलमा आइतवार रकेट हमला भएको थियो। कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ। त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ।

लश्कर गाहका एकजना चिकित्सकले कैयौँ दिनको लगातारको लडाइँका कारण उक्त सहरलाई निकै अप्ठेरोमा पारेको र अधिकांश मानिसहरू हिँडडुल गर्न पनि डराएको बताएका छन्।

चिकित्सा परोपकारी संस्था एमएसएफका डाक्टर मसूद खानका अनुसार गम्भीर घाइते भएर अस्पताल आउने बिरामीहरूको संख्या पनि बढिरहेको छ। उनले अन्य कैयौँ घाइतेहरू अस्पतालसम्म आउन पनि डराइरहेको बताए। उनका भनाइमा त्यस क्षेत्रमा औषधि र मेडिकल सामानको अभाव हुन थालेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.