सीएसआरमा उत्साहजनक योगदान

सीएसआरमा उत्साहजनक योगदान

काठमाडौं  : बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा उत्साहजनक योगदान गरेका छन्। खुद मुनाफाको १ दशमलव ५८ प्रतिशत रकम  सीएसआर कोषमा जम्मा गरेका छन्। 

यो गत आर्थिक बर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक बर्ष २०७५/७६ को खुद मुनाफाबाट हो। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले सीएसआरको लगानीको स्थितिबारे यस्तो देखिएको हो। 

बैंक तथा वित्तीय संस्थाको वर्गअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूले औसतमा १ दशमलव ५४ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकहरूले १ दशमलव ५५ प्रतिशत, ‘ग’ वर्गका वित्त कम्पनीहरूले १ दशमलव ६६ प्रतिशत तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले २ दशमलव शून्य १ प्रतिशत कोषमा जम्मा गरेका छन्। 

समग्रमा सिएसआरमा लगानी गरे पनि बैंक तथा वित्तिय संस्थाहरू बागमती प्रदेशमा केन्द्रित छन्। नीतिगत व्यवस्थाअनुसार सीएसआरको १ प्रतिशतलाई १०० प्रतिशतमान्दा हरेक प्रदेशमा कम्तीमा १० प्रतिशत पुर्‍याउनुपर्छ। तर, कोषको दुई तिहाईभन्दा बढी बागमती प्रदेशमा खर्च हुने गरेको प्रतिवेदनमा उल्लेख छ। यो कोषबाट भएको खर्च क्षेत्रगत तथा प्रदेशगतरुपमा सन्तुलित भने हुन नसकेको प्रतिवेदनले देखाएको छ।

यद्यपि जनसंख्या बढी भएकाले पनि यसमा बढी हुनु स्वाभाविक भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए। 
‘सीएसआर अन्तर्गतको खर्चमा सुधार हुँदै गएको छ। सीएसआरलाई वार्षिक प्रतिवेदनमा खर्च खुलाउनु भने पनि सबै बैंकले खुलाएका छैनन। यो व्यवस्था २–३ वर्ष भए पनि प्र्रयोगमा देखिएन। तर, आगामी कोषको खर्चको विवरण वार्षिक प्रतिवेदनमा खुलाउलान,’ अन्नपूर्ण पोष्टसँग उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.