नुवाकोटमा ९८ प्रतिशत रोपाइँ सकियो
नुवाकोट: कोभिड–१९ को प्रभाव परेका कारण यस वर्ष नुवाकोटमा गत वर्ष भन्दा धेरै १३ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको छ । आकाशे पानीको भर पर्नुपर्ने स्थानमा भने धान रोप्न बाँकी रहेको बताइएको छ ।
१२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा साउनको तेश्रो सातासम्म कुल ९८ प्रतिशत खेतथमा धान रोपाइँ गरिएको छ । हालमा १३ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।
सिंचाइ तथा पानीको उपलव्धता भएका खेतहरुमा धान रोपिइसकिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नुवाकोटमा कुल १४ हजार २ सय ८३ हेक्टर जमिनमा बर्खे धानको खेती हुने गरेको कृषि ज्ञान केन्द्र नुवाकोटकी कृषि प्रसार अधिकृत रुक्मिणी अधिकारीको भनाइ छ ।
उता, नुवाकोटको छिमेकी रसुवामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पांच गाउंपालिका रहेको हिमाली रसुवामा १ हजार ८ सय ७२ हेक्टरमा वर्खे धानको खेती हुने गरेको छ ।
रसुवामा हालसम्म १ हजार ८ सय ५३ हेक्टर जमिनमा रोपाइँ गरिएको कृषि ज्ञान केन्द्र नुवाकोटकी कृषि प्रसार अधिकृत रुक्मिणी अधिकारीले जानकारी दिइन् । उनका अनुसार नुवाकोट र रसुवा दुवै जिल्लामा लगभग रोपाइँ सकिसकिएको र आकासे पानीमा निर्भर हुने पर्ने केही पाखो खेतहरुमा रोपाई हुन बाँकी रहेको छ ।
धानको लागि आवस्यक पानी वर्षात मार्फत प्रयाप्त भएको र रासायनिक मलको पनि अभाव नभएको कारण यस वर्षको वर्षे धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । कोभिड–१९ को महामारीका कारण सर्वसाधारण गाउँघरमै रहेका कारण खेतिपातीमा गत वर्षको भन्दा यस वर्ष वढोत्तरी भएको हो ।
नुवाकोटको म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाको माथिल्लो भेगहरुमा स्थानीय जातको धान खेती गरिने भए पनि अन्य स्थानमा बढी मात्रामा हाइब्रिड तथा उन्नत जातको धान खेती गर्ने गरिएको छ ।
नुवाकोटमा १३ हजार ९ सय ९७ हेक्टर बराबरको क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटका कृषि प्रसार अधिकृत रुक्मिणी अधिकारीको अनुसार नुवाकोटमा कुल १४ हजार २ सय ८३ हेक्टर जमिनमा वर्षे धानको खेती हुने गरेको छ ।
जिल्लामा ९८ प्रतिसत धान रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । यो गत वर्षको भन्दा बढि रहेको जनाइएको छ ।
धानबालीको लागि आवश्यक पानी यस वर्ष समयमै वर्षात भएकाले जिल्लाको अधिकांश जमीनमा धान रोपाई सकिएको कार्यालयले जनाएको छ । यस वर्ष नुवाकोटमा रासायनिक मलको अभाव रहेको छैन ।
समयमै वर्षा भएकाले रासायनिक मलसमेत प्रर्याप्त भएकाले यस वर्ष धान उत्पादन वृद्धि हुने अपेक्षा कार्यालयले गरेको छ । धान गजाउने समय भएकोले विभिन्न किसिमका रोग किराले समस्या हुने गरेकोले कृषकहरुलाई सचेत हुनसमेत ज्ञान केन्द्रले किसानहरुमा आग्रह गरेको छ ।