पोखरीमा डुबेर मृत्यु
![पोखरीमा डुबेर मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/pokhari_20210806080745_JHHYYNfFKR.jpg)
राजविराजः सप्तरीको कञ्चनरुप नगरपालिकास्थित पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर पछाडि रहेको सन्तोष यादवको माछा पालन पोखरीमा डुबेर सोही ठाउँका ६५ वर्षीय बिरजु सरदारको मृत्यु भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
छोरी ज्वाईँ जितन सरदारको घर आएका उनी मादक पदार्थ सेवन गरेर हल्ला गर्दै हिंडेको स्थानीयले बताए । घरदेखि एक किलोमिटरको दूरीमा रहेको कञ्चनरुप नगरपालिका मिल टोलस्थित पोखरीको डिलमा सरदारको लुगा र चप्पल फेला परेको थियो ।
पोखरीको डिलमा लुगा र चप्पल फेला परेपछि पोखरीमा डुबेको आशंकामा खोजी गरिएको सशस्त्र प्रहरी बल ६ नम्बर गण गोरगमाका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणी ढकालले बताए । गाउँलेहरुको प्रयासमा शव निकाल्न नसकिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)