तनहुँ जलविद्युत आयोजना:एक महिनापछि बाँधको काम सुरु

तनहुँ जलविद्युत आयोजना:एक महिनापछि बाँधको काम सुरु

दमौली : एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको बाँधको काम एक महिनापछि सुरु हुने भएको छ। सो कामका लागि जिम्मा पाएको भियतनाम र नेपाली संयुक्त उपक्रम कालिका सोम्दा जेभीले एक महिनामा काम सुरु गर्ने आयोजनाको सञ्चालक संस्था तनहुँ जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए । 

‘सेप्टेम्बर १ बाट काम थाल्ने प्रतिवद्धता आएको छ,’ उनले भने, ‘सम्झौताअनुसार पनि यस मितिमा काम थाल्नुपर्ने अवस्था भएकाले काम सुरु हुन्छ ।’

कोभिडका कारण जारी निषेधाज्ञाकाबीच पनि आयोजनाको विद्युतगृह र पहुँच मार्गका काम भैरहेका छन् । ठेकेदार छनौटमा ढिलाई हुँदा आयोजनाको बाँध क्षेत्रको काम सुरु हुन सकेको थिएन । बाँधमा पुग्ने पहुँचमार्गअन्र्तगत ट्रयाक खोल्ने काम भने भैसकेको छ । 

प्रवन्ध सञ्चालक थिकेले प्रशारण लाईनका लागि पनि आवश्यक तयारी पुरा भएकाले अब काम अघि बढ्ने जानकारी दिए । 

तनहुँका प्रदेश सभा सदस्यहरु डोवाटे विक, सरिता गुरुङ तथा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेले आयोजनाबारे थिकेसँग जानकारी लिएका छन् । उनीहरुले आयोजनाको कामलाई गति दिनका लागि अनुरोध समेत गरेका छन् । 

‘आयोजनाको कामलाई गति दिनका लागि निर्देशन दिइएको छ,’ जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले भने,‘उहाँहरुले अब गति लिन्छ भन्नुभएको छ ।’

५० करोड ५० लाख अमेरिकी डलरमा बन्न लागेको आयोजनाका लागि एडीबी, जाईका, युरोपियन इन्भेष्टमेन्ट फण्डसँगै नेपाल सरकार र प्राधिकरण समेतको लगानी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.