शेयरबजारमा मौद्रिक नीतिको प्रभाव: ठूला लगानीकर्तालाई पेलेर सानाले मात्रै बजार उकास्‍न सक्लान त ?

शेयरबजारमा मौद्रिक नीतिको प्रभाव: ठूला लगानीकर्तालाई पेलेर सानाले मात्रै बजार उकास्‍न सक्लान त ?

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोमा कर्जा सीमा कडाइको प्रभाव पूँजी बजारमा पर्नसक्ने आंकलन गरिएको छ ।

यो व्यवस्था परिमार्जन नभई जस्ताको तस्तै कार्यान्वयनमा आए ठूला लगानीकर्ता मारमा पर्दा समग्र बजार प्रभावित हुने ठहर छ । नीतिगत व्यवस्थाअनुसार शेयर कारोबार गर्न लिइने मार्जिन प्रकृतिको कर्जा अब प्रति ग्राहक वा प्रति संस्थाले एउटा बैंकबाट ४ करोडसम्म लिन पाउँछन् । यसभन्दा बढी लिन चाहेमा सो ग्राहकले अन्य दुई ओटा बैंकबाट फेरि ४/४ करोडको गरेर कूल प्रति ग्राहक सीमा अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै लिन पाउने भएका छन् ।

यसअघि एउटै ठूला लगानीकर्ताले अर्बौँसम्म यस्तो कर्जा लिएर कारोबार गर्ने गर्थे । सो नीतिप्रति शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल असन्तुष्टि व्यक्त गर्छन् । उनका अनुसार यसले पूँजीबजारको विकास र विस्तारलाई संकुचित गर्न खोजिएको हो ।

अब दैनिक अर्बौंको कारोबार गरिरहेकोमा करोडको ऋण लिएर धेरै कारोबार गर्न सम्भव नहुने उनको भनाइ छ । यसले बजार भने प्रभावित हुने भएका छन् । तर साना लगानीकर्ताले ठूलो रकम लिने नगरेकाले खासै प्रभाव नपार्ने सरोकारवालाहरु बताउँछन् ।

‘तीन महिनाअघिसम्म बैंक तथा वित्तिय संस्थाले पूँजीबजारमा लगानी गरेर राम्रो कमाइ गरेका थिए तर यसलाई गत आवको तेस्रो त्रैमासको मौद्रिक नीतिले प्रहार गरेर रोकिदियो, ’ उनले अन्नपूर्णसँग भने, ‘हाम्रो बजार भनेको भर्खर अनलाईन सुरु भएको, विस्तार नभैसकेको अवस्था छ । जतिसक्यो बजारमा शेयर खपत हुने कार्यक्रम ल्याउनु पर्‍यो । जति लगानीकर्ताको सहभागिता भयो त्यति विकास हुने हो ।’ केन्द्रीय बैंकले कसरी हुन्छ शेयरको खपत घटाउने काम गरेको उनले टिप्पणी गरे ।

‘ईन्भेष्टमेन्ट कम्पनीहरुले दैनिक अर्बौँको कारोबार गर्छन । अब उनीहरुले १२ करोडममा सीमित भएर कर्जा लिन ३, ४ ओटा बैंकमा चाहार्नुपर्ने भएको छ,' उनले भने, 'यो झन्झटीलो व्यवस्थाले बजारलाई हतोत्साही गरेको अध्यक्ष अर्यालको आरोप छ । सामान्य ईन्भेष्टर कम्पनीले पनि ३० करोड लोन लिएका छन् । १२ करोडमा सीमित राख्दा अब घटाभट शेयर बेच्न आउ भन्नु हो । यसो भयो भने बजारमा नकारात्मक प्रभाव पर्छ ।  यो व्यवस्था परिमार्जन गरिएन भने शेयर बजार कोल्याप्स हुहुन्छ । १० सानाबाट यो सम्भव छैन । भोलि ठूला लगानीकर्ता बजारमा आएनन् भने दैनिक २० अर्बको कारोबार कहाँबाट हुन्छ ?'

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भने समग्रमा मौद्रिक नीतिले साना लगानीकर्ताहरुको हितमा बोलेकाले स्वागतयोग्य भएको बताउँछिन् । तर अर्याल यो व्यवस्थाले ठूला लगानी कर्ताको कारण बजार घट्दा झन साना लगानीकर्तालाई असर गर्ने तर्क गर्छन् । उनकाअनुसार बरु ठूला लगानीकर्ताले नेप्से परिसूचक घट्दा होल्ड गर्न सक्थे तर सानाले जति छ त्यति बेच्छन् । होल्ड गर्न नसक्ने उनको भनाइ छ ।

उनका अनुसार सानालाई प्रोत्साहन गर्ने हो भने बैंकहरुमार्फत उनीहरुलाई कर्जा दिन पहल गर्न सक्थ्यो । तर यसो भएन । बैंकहरुले कूल कर्जाको सीमित कर्जा मात्र शेयर धितो कर्जामा लगानी गर्न पाउने व्यवस्था छ । ‘सो सीमाअनुसार बैंकले ठूला लगानीकर्तालाई कर्जा दिएर सकाउने गर्थे र सानाले लिन नपाएको अवस्थामा अबको व्यवस्थाले साना वर्गलाई पनि यस्तो लिन पाउने भएको छ,' अध्यक्ष्य पोखरेल बताउँछिन् ‘यो व्यवस्थाले बजार माथि जाने वा तल झर्ने देखिँदैन । हाल स्थिर रहला । बरु हकप्रद शेयरहरुरुको व्यवस्था भएको भए शेर बढ्थ्यो । तर यसो भएन ।’

अध्यक्ष पोखरेलका अनुसार लगानीकर्ताहरु मार्जिन प्रकृतिको कर्जा सीमा मूल्य घटाउँछ कि भनेर डराएका थिए । तर यसको औसत मूल्य यथावत राखिएको छ । यस्तो ऋण शेयर स्वामित्वको ७० प्रतिशतसम्म लिन पाउँछन् ।

बैंकरहरुले पनि हकप्रदमार्फत पूँजी वृद्धि गर्नसक्ने अपेक्षा गरेका थिए । यसैले नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली यसअघि चर्चा भए झैँ हकप्रद शेयर जारी गर्ने सम्बन्धित व्यवस्थामा मौद्रिक नीति मौन रहेको बताउँछन् । हकप्रदको लोभले गरेर भटाभट शेयर उठाएका लगानीकर्ताको बेहाल भएकोबारे दुर्गा प्रसाद काफ्लेले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.