नबाँडी कुहियो राहत

नबाँडी कुहियो राहत

गौर : प्रदेश २ सरकारले विपन्न परिवारलाई राहत वितरण गर्न भनि रौतहटको राजदेवीनगरपालिका–२ मा राखिएको खाद्यान्न सामग्री कुहिएका छन्। एक वर्षअघि लकडाउन हुँदा समयमा वितरण गर्न ल्याएको चामल, दाल, मस्यौरा (सोयाबिन) लगायका खाद्यान्न कुहिएको हो।

वडा कार्यालयका अनुसार ६५ बोरा चामल, १५ बोरा दाललगायत नुन, तेल, सोयाबिन भण्डारण गरी राखिएको थियो। वडा कार्यालयको माथिल्लो तल्लाको कोठामा राखिएका केही बोरा चामल चोरीसमेत भएको स्थानीयको गुनासो छ।

राहतको सामाग्री वितरण नगरी कुहाएर राखेको भन्दै वडा तथा नपाका जनप्रतिनिधिहरूको स्थानीयले आलोचना गरेका छन्। धेरै पटक सो खाद्यान्न बाँड्न आग्रह गर्दा पनि जनप्रतिनिधिहरूले सुनवाइ नगरेको स्थानीयको गुनासो छ।

राजदेवीनगरपालिकाका मेयर धीरेन्द्र सिंहले वडा–२ मा खाद्यान्न कुहिएको भन्दै नगरपालिकालाई बदनाम गर्न खोजेको प्रतिक्रिया दिएका छन्। सो राहतको विषयमा नगरपालिकासँग कुनै सरोकार नभएको समेत मेयर सिंहको भनाइ छ।

वडा सचिव उमेश यादवले आफूले पटकपटक सो सामाग्री वितरण गर्न सल्लाह दिएको तर वडाका प्रतिनिधिबिच कुरा नमिलेको बताए। राहत थोरै, लिने मान्छे धेरै भएपछि वितरणमा समस्या परेपछि समयमै वितरण हुन नपाउँदा कुहिएको सचिव यादवको भनाइ छ। 

सो वडाका अध्यक्ष सनुप महत्तोले प्रदेश सरकारबाट गत वर्ष पाएको राहतको खाद्यान्न वितरण गर्न नसकेको स्वीकार गरे। उनले भने, ‘वडाभरिका करिब ३ सय परिवारलाई बाँड्नुपर्ने थियो तर ६०÷६५ जनालाई मात्र पुग्ने सामग्री थियो। त्यसैले वितरणमा समस्या भएको हो।’

अब बिग्रिएको खाद्यान्न हटाउने र नपुग खरिद गरी वितरण गर्ने योजना रहेको सो वडाका अध्यक्ष महत्तोले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.