रुकुम पश्चिममा अनिश्चितकालीन निषेधाज्ञा

रुकुम पश्चिममा अनिश्चितकालीन निषेधाज्ञा

जाजरकोट : रुकुम पश्चिममा अनिश्चितकालका लागि निषेधाज्ञा थप भएको छ । यसअघि पटकपटक समय तोकेर थप गर्ने गरिएकामा यो पटक भने अनिश्चितकालका लागि निषेधाज्ञा थप गरिएको हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको र संक्रमण दर फेरि पनि बढ्न थालेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीएमसी) को निर्णय समेतका आधारमा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने जनाएको छ । 

जिल्लामा गत वैशाख १९ गते देखि निषेधाज्ञा जारी छ । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै लामो समय देखि निषेधाज्ञा जारी रहेपनि जिल्लामा कोरोना नियन्त्रणमा आउन सकेको छैन् । अहिले पनि जिल्लामा १ सय ७ जना कोरोनाका संक्रिय संक्रमित छन् । पछिल्लो समय जिल्लामा संक्रमित थपिने क्रम बढ्दै गएको छ । 

अर्को सूचना नभएसम्मका लागि  निषेधज्ञा थप गरिएको डिसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । जिल्लामा साउन ७ गतेदेखि निषेधाज्ञा खुकुलो पारिएको थियो । सार्वजनिक यातायात, व्यापार व्यवशाय लगायत लगभग धेरै क्षेत्र खुलिसकेका छन् । अब पनि सोही अनुसार निषेधाज्ञा जारी रहने गैह्रेले बताए । 

अहिले निषेधाज्ञा खुकुलो रहेको र कोरोना संक्रमण दर बढ्दै गएमा निषेधाज्ञामा कडाइ गरिने उनको भनाइ छ । 

विद्यालय खोल्न नपाइने 

जिल्लामा अहिले तत्काल विद्यालय भने खोल्न पाइने छैन् । विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै व्यापार, व्यवसाय बेलुकी ८ बजेसम्म मात्र संचालन गर्न पाइने आदेशमा उल्लेख छ । मेला, महोत्सव, सभा, सम्मेलन गर्न पाइने छैन् भने २५ जनाभन्दा कमको उपस्थितिमा कुनै कार्यक्रम गर्नु परेमा स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णपालना गर्न आदेशमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.