शिक्षक र प्रहरीबीच झडप, भीमदत्तनगरपालिका तनाव ग्रस्त,१५ जना घाइते

शिक्षक र प्रहरीबीच झडप, भीमदत्तनगरपालिका तनाव ग्रस्त,१५ जना घाइते

महेन्द्रगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ । विधिविपरीत दरबन्दी मिलान भएको भन्दै शिक्षक संघले भीमदत्त नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेको थियो ।

प्रहरीले ताला खोलेपछि दुबैपक्ष बिच झडप भएको हो । नगरपालिकाले विधि विपरीत शिक्षकहरुको दरबन्दी मिलान गरेको भन्दै गत साउन ३ गतेदेखी शिक्षक संघ कञ्चनपुरले भीमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेर रिले अनशनमा थिए ।

नगरपालिकाले एक महिनासम्म आफुहरुको माग सम्बोधन नगरेको भन्दै शुक्रबार नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेपछि स्थीती तनाव ग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब १० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

झडपमापरी दुबैतर्फका १५ जना घाइते भएका छन । अहिले महेन्द्रनगर बजार क्षेत्र समेत तनावग्रस्त बनेको छ । नगरपालिकामा प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिती छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.