पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्ने दुई प्रहरी निलम्बित, निर्दोष पत्रकार छुटे

पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्ने दुई प्रहरी निलम्बित, निर्दोष पत्रकार छुटे

रौतहट : पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन्। प्रहरी संगठनको आचरणविरुद्ध कार्य गरेको भन्दै एक जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका हुन्।

घटनामा संलग्न भएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। गत साउन ३२ गते पत्रकार मोहम्मद मोजुबुल्लाहको मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेर पक्राउ गरिएको थियो। उनी निर्दोष देखिएपछि सोमबार छुटेका छन्। 

रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहले पत्रकार महासंघ रौतहटका सहसचिव सजय सहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा लागुऔषध राख्न लगाएको पाइएको जानकारी दिए। 

प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहलाइ निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पक्राउ परेकाहरुलाई अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरिएको छ। सीसी टीभी फुटेजमा सादा पोसाकका प्रहरी र पक्राउ परेका धिरज र जीतेशले मोटरसाइकलमा लागुऔषध राखिदिएको  सार्वजनिक भएको थियो।

गौरस्थित ग्रिन सिग्नल होटलमा खाजा खान बोलाएर आफुलाई फसाएको हिरासतबाट छुटेका पत्रकार मो.मोजुबुल्लाहले बताए। नेपाल पत्रकार महासंघ जिल्ला , प्रदेश र केन्द्रले पत्रकार पक्राउ घटनाको छानबिन हुनुपर्ने दोषिमाथि कारबाही हुनुपर्ने माग राख्दै विज्ञप्ति निकालेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.