बलात्कार कसुरमा एक किशोरलाई साँढे १२ वर्ष कैद, एक लाख क्षतिपूर्ति

बलात्कार कसुरमा  एक किशोरलाई साँढे १२ वर्ष कैद, एक लाख क्षतिपूर्ति

नुवाकोट : बलात्कार गरेको कसुरमा दोषी ठहर भएका एक किशोरलाई नुवाकोट जिल्ला अदालतले साढे १२ वर्ष कैद सजायको फैसला गरेको छ। एक लाख रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ।

दुई वर्ष पहिले सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नुवाकोटको पुर्वी भेगमा रहेको ककनी गाउँपालिका–१ का १६ वर्षीय बालकलाई अदालतले दोषी ठहर गर्दै १२ वर्ष ६ महिनाको कैद र क्षतिपूर्ति भराउने फैसला सुनाएको हो। 

जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले आरोपित बालकले गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको जिल्ला अदालतले जनाएको छ। 

फैसलामा पीडित राहत कोषबाट पीडित बालिकालाई एक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ। गत २०७६ साल कात्तिक १४ गते बलात्कार गरेको जनाउँदै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा २०७६ कात्तिक १६ गते उजुरी दिएका थिए। पीडित बालिकाको सोही वर्षको कात्तिक १६ गते नै त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। 

आरोपित बालकलाई जिल्ला अदालतले २०७६ मंसिर १० गते पुर्पक्षको लागि थुनामा राख्ने आदेशदिएपछि नेपालगञ्ज बाल गृहमा पठाइएको थियो। कसुरदार हाल बालगृहमै रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.