अनेरास्ववियु दाङका अध्यक्षको टोलीले चिकित्सकलाई कालोमोसो दलेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित

अनेरास्ववियु दाङका अध्यक्षको टोलीले चिकित्सकलाई कालोमोसो दलेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित

दाङ: दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि अनेरास्ववियुका अध्यक्षसहितको टोलीले कालोमोसो दलेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन् ।

अस्पतालको कार्यकक्षमै मेडिकल सुपरिटेन्डेन्ट डा सिंहलाई नेकपा एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियार सहितको समूहले कार्यकक्षमा अभद्र व्यवहार गर्दै कालोमोसो दलेको हो ।

अनेरास्ववियु अध्यक्ष परियारको नेतृत्वमा गएको ४/५ जनाको समूहले मेसुसँग सामान्य कुराकानी गर्दै गरेको अवस्थामा शुक्रबार दिउँसो पौने २ बजे मेसुको कार्यकक्षमा कालोमोसो दलेको प्रहरीले जनाएको छ । विनाकारण अस्पतालको मेसुलाई कालोमोसे दलिएपछि अहिले अस्पतालमा कार्यरत स्थास्थयकर्मी तथा चिकित्सकहरु आन्दोलित भएका छन् । 

सुरक्षाको माग गर्दै दोषीलाई कानुनी कारवाही नहुँदासम्म अस्पतालमा इमरजेन्सी, सुत्केरी, डाइलासिस लगायत अतिआवस्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको घोषणा गरिसकेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्का लगायतको नाममा किटानी जाहेरी सहतिको उजुरी समेत अस्पताल प्रशासनले दर्ता गरेको प्रहरीले जनाएको छ । टाइडफाईड भएको बिरामीको रगत कल्चार परीक्षणको विषयमा परियार सहतिका यूवाहरुले बिहीबारदेखि नै अस्पतालमा विवाद सिर्जना गरिरहेका थिए । 
'अस्पतालमा चिकित्सकले त्यो सेवा अस्पतालमा नभएको भनेपछि अस्पतालमै किन सेवा नदिने भन्दै बिहीबार उनीहरुले मेसु र चिकित्सकहरुसँग विवाद गरेका थिए । अस्पतालमा नभएको सेवालाई साथीहरुले यहाँ छैन, भन्नु भएको रहेछ,' मेसु सिंहले भने, 'त्यही विषयमा कुरा भइरहेको थियो एक्कासी अभद्र व्यवहार गरेर कालोमोसो दलेर युवाहरु भागे ।' 
विनाकारण यस्तो अवस्था आउन थालेपछि आफूहरु काम गर्न नसक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । सुरक्षासमेत नहुने भएकाले उनीहरुले काम रोकेको बताएका छन् ।

'यस्तो अवस्थामा कुन चिकित्सकले सेवा दिन सक्छ ?' डा सिंहले भने । उनले सुरक्षाको प्रत्याभूति गराएर सहज रुपमा काम गर्ने वातावरण गराउन र दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले अस्पतालभित्र अराजकता देखाउनेहरुलाई कानुनी कारवाही हुनुपर्ने बताए । 'अस्पताल भित्र भएको घटना निन्दनीय र भत्र्सना युक्त छ, उनले भने, दोषीलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारवाही गरिनु पर्छ' उनले भने ।

दोषीलाई कारवाही नहुँदासम्म अस्पताल व्यवस्थापन समिति, चिकित्सक संघले संयुक्तरुपमा नै अतिआवस्यक र इमर्जेन्सी सेवा बाहेका सेवाहरु दिन नसक्ने निर्णय गरेको बताए ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारको नेतृत्वमा गरिएको गतिविधि निन्दनीय भएको भन्दै अस्पतालले दोषीलाई हदैसम्मको कारवाहीको माग समेत गरेको छ । घटना लगत्तै बसेको अस्पताल विकास समितिको बैठकले यस्तो माग गरेको हो । घटनामा संलग्न दोषीलाई हदैसम्मको कारवाहीको माग र घटनाप्रति खेद प्रस्ताव पारित गर्दै दोषीहरुलाई किटानी जाहेरी दिने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताए ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले शनिबार बिहान ९ बजेसम्म दोषीलाई पक्राउ गरेर कारवाही नगरिए अस्पतालबाट दिइने सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

एमाले अध्यक्ष टीकाराम खड्काले यस घटनालाई अराजकताको पराकाष्टा भएको भन्दै दोषीलाई कारवाही हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.