नुवाकोटका तीन गाउँपालिकामा करदाता शिक्षा प्रशिक्षण

नुवाकोटका तीन गाउँपालिकामा करदाता शिक्षा प्रशिक्षण

नुवाकोट: नुवाकोटका विभिन्न तीन गाउँपालिकामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो पटक करदाता सेवा कार्यालय गल्छीको समन्वयामा नुवाकोटका पूर्वी भेगमा रहेका तीन गाउँपालिकामा सो कार्यक्रम गरिएको हो ।

करदाता सेवा कार्यालय गल्छी तथा तादी, दुप्चेश्वर र शिवपुरी गाउँपालिकाको आयोजनामा खरानीटार, समुन्द्रटार र शेराबगरमा तीन दिने करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

श्रोतमा कर कट्टी (टिडिएस) बारे कर शिक्षा लगायत विषयमा सरोकारवालाबीच अन्तरक्रि भएको थियो । गाउँपालिका र विद्यालयका लेखा शाखाका कर्मचारीहरुलाई करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृत गजाधर खतिवडा र नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठलगायतले सरकारका विविध करका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

हाल भुक्तानी दिने फर्म/संघसंस्था, विद्यालय, सरकारी निकाय लगायत सबैले इटिडिएस अनिवार्य गर्नुपर्ने कार्यक्रममा जानकारी दिइएको थियो।

हाल कुनै पनि व्यक्ति, फर्म, निकायले आफ्नो आय विवरण पेश गर्दा पहिले जस्तो सम्बन्धित निकायले दिएको लेटर र भौचरको आधारमा दावी गर्न नमिल्ने व्यवस्था भएकोले इटिडिएस तालिम दिइएको आयोजक करदाता सेवा कार्यालय गल्छीका प्रमुख गजाधर खतिवडाले जानकारी दिए । पहिलो पटक नमूनाका रुपमा कर शिक्षा अन्तरक्रिया गरिएको र नुवाकोटका अन्य स्थानीय तहमा पनि छिट्टै नै इटिडिएस तालिम दिइने खतिवडाले वताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.