देवीघाटमा रुद्राक्ष सहितको वृक्षरोपण

देवीघाटमा रुद्राक्ष सहितको वृक्षरोपण

नुवाकोट: कोभिड-१९ को महामारी नियन्त्रण तथा स्थायी शान्तिको कामना गर्दै नुवाकोटको धार्मिक स्थल देवीघाटमा रुद्राक्षल गायतका वृक्षरोपण गरिएको छ ।

विदुर नगरपालिका वडा नं. ५ देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठान तथा वृद्धाश्रममा पहिलो पटक महामारी नियन्त्रणको कामना सहित रुद्राक्ष लगायतका वृक्षरोपण गरिएको हो ।

कार्यक्रमका बीच सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले अध्ययन प्रतिष्ठान तथा वृद्धाश्रममा रुद्राक्षको विरुवा रोपेर अभियानको आरम्भ गरे । उनले विश्वमा मानव कल्याणको एकमात्रै उद्देश्य सामाजिक कार्य भएको भन्दै सामाजिक कार्यबाटै मानवमा सत्मार्गको चेतना प्रवाहित हुने बताए ।

कार्यक्रममा रुद्राक्षको ७५ बोटसहित अम्बा लगायतका फलफूलसमेत गरी एक सय ५० बिरुवा रोपिएको कार्यक्रम व्यवस्थापक कृष्णप्रसाद पनेरु स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद पनेरुले बताए । वृक्षरोपणमा विदुर नगरपालिकाका मेयर सन्जु पण्डित तथा शिक्षाप्रेमी तथा सामाजिक क्षेत्रका सर्वसाधारणको सहभागिता थियो ।

नुवाकोटमा गायत्री परिवार/शान्तिकुन्ज हरिद्वारको नेपाल केन्द्र स्थापनाका लागि विदुर–५ पिपलटारमा विष्णुप्रसाद/कृष्णप्रसाद पनेरु स्मृति प्रतिष्ठानका तर्फबाट संस्थाको लागि १२ आना जग्गा उपलव्ध गराउने घोषणा गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.