सर्पको टोकाइबाट महिलाको मृत्यु

सर्पको टोकाइबाट महिलाको मृत्यु

नुवाकोट : विषालु सर्पको टोकाइबाट नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्याकी एक महिलाको ज्यान गएको छ । एन्टि स्नेक भेनमको समस्याका कारण महिलाको ज्यान गएको स्थानीयबासीको गुनासो छ ।

विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको पञ्चकन्या गाउँपालिका १ भकुण्डेकी ५६ वर्षिया दुर्गा ढकालको विषालु सर्पको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । राती घरमा सुतिरहेको बेला उनलाई विषालु सर्पले डसेको र उपचारका लागि काठमाडौं पुर्याएपछि ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ । 

नुवाकोटमै सर्पको डसाइमा परेकाहरुलाई एन्टि स्नेक भेनम नहुँदा उनले अकालमै ज्यान गुमाउनु परेको स्थानीयबासी तथा वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार सर्पले डसेका बिरामीका लागि नुवाकोटमै उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा काठमाडौं लैजानुपर्ने बाध्यताका कारण उनको ज्यान गएको हो ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ नभएका कारण नुवाकोटमै उपचार हुन नपाउँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएको हो । 

सरकारले सरकारीस्तरबाट नै एन्टि स्नेक भेनमसहितको जिल्ला तहमा सर्पदंश उपचार केन्द्र सन्चालन गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.