नुवाकोटमा दैनिक संक्रमित घट्दै

नुवाकोटमा दैनिक संक्रमित घट्दै

नुवाकोट : नुवाकोटमा दैनिक रूपमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आएको छ । कोरोना संक्रमितको तुलनामा निको हुनेको संख्या बढेको छ । 

नुवाकोटमा पछिल्लो पटक ३० जना कोरानामुक्त भएसँगै जिल्लामा सक्रिय कोरोना संक्रिमतको संख्या समेत घटेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार नुवाकोटमा मंगलबारसम्म सात हजार ५३३ जना संक्रमित निको भइसकेका छन् ।

जिल्लामा मंगलबारसम्म १३५ महिलासहित ३०३ जना मात्र सक्रिय कोरोना संक्रमित रहेको कार्यालय प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार सक्रिय संक्रमितममध्ये २ सय ७२ जना होम आइसोलेसनमा उपचाररत छन् । 

यस्तै, १७ जना अस्पतालमा र १४ जना होम आइसोलेसनमा उपचाररत छन्। पछिल्लो २४ घण्टामा जिल्लामा ७ महिलासहित १९ जना कोरोना संक्रिमत थपिएका छन् ।

थपिएका संक्रमितमध्ये विदुर नगरपालिकाका मात्रै सात महिलासहित १६ जना रहेको कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जनाएका छन्। बेलकोटगढी नगरपािलकामा २ जना थपिँदा तारकेश्वर गाउँपािलकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यससँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या तीन हजार १४८ महिलासहित ७ हजार ८८१ जना पुगेको छ। पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रिमतको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । जसमध्ये ४४ जनाको कोरोनाको दोश्रो भेरियन्बाट ज्यान गएको हो ।

सक्रिय संक्रमितमध्ये सवैभन्दा कम एक÷एक जना पन्चकन्या र दुप्चेश्वर तथा सबैभन्दा वढि विदुर नगरपालिकामा ८८ महिलासहित एकसय ७९ जना सक्रिय संक्रमित रहेका छन् । 

नुवाकोटमा हालसम्म २६ हजार ३ सय ९९ जनाको आरटिपिसिआर परिक्षण गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.