पाल्पामा अत्याधुनिक मौसमी राडार निर्माण

पाल्पामा अत्याधुनिक मौसमी राडार निर्माण

तानसेन : नेपालमा अहिलेको पुर्वानुमानभन्दा फरक-फरक स्थानमा बाढी, पहिरो र बर्षाले ठूलो क्षति पुर्‍याएको छ। यही क्षतीको पुर्व सूचना दिने अत्याधुनिक मौसमी राडार निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ। 

नेपालभरी लाई कभर गर्ने गरी पुर्वमा उदयपुर, मध्यमा पाल्पा र पश्चिममा सुर्खेतमा अत्याधुनिक मौसमी राडारको निर्माण भइरहेको छ। जिल्लाको रिव्दिकोट गाउँपालिका-५ रिव्दिकोट डाडामा १ हजार ८ सय ७७ मिटरको उचाईमा २० मिटर अग्लो टावर निर्माण भइरहेको हो।  मौसमी राडार निर्माण पुरा भएपछि एक हप्तादेखि, अबको ३ घण्टापछिको सम्पूर्ण मौसम पुर्वानुमानको सूचना मौसम विज्ञानले दिनेछ। उदयपुर र पाल्पामा टावर निर्माण तथा अन्य पुर्वाधार निर्माणका कामहरु अन्तिम चरणमा पुगेको छ। अवको दुई महिना भित्र मौसमी राडारका पुर्वाधार निर्माणको कामहरु सकिने  निर्माण कार्यमा खटिएका प्रतिनिधी दिपक चौरासीयाले जानकारी दिए।

पुर्वको उदयपुरमा राखिने मौसमी राडारले मेचीदेखि रौतहट जिल्ला सम्मको चौतर्फी भुमागमा कभर गर्ने, पाल्पाको मौसमी राडार बाट पुर्वमा रौतहट, काठमाडौं, पश्चिममा दाङ्ग, नेपालगञ्ज उत्तरमा धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेसम्मको  भूभाग कभर गर्ने, सुर्खेतमा राखिने मौसमी राडरले पुर्वमा दाङ र पश्चिममा महाकाली सम्मको भुभागमा कभर गर्नेछ। नेपालको ३ वटा स्थानमा जडान हुने  सि व्याण्ड मौसमी राडारले, जडान स्थानबाट चारै दिशाको २०० किलोमिटर सम्मको हवाई दुरीसम्म काम गर्ने छ ।  पाल्पा र उदयपुरमा  ग्लोवल टेण्डरमार्फत अमेरिकन ई ई सि कम्पनीले ४५ करोड रुपैयाँमा मौसमी राडार निर्माणको काम गर्दै आएको छ। देशका यी तीन वटा मौसमी राडार संचालनमा आएपछि युरोप अमेरिकाको मौसमी प्रविधि नेपालमा हुने, मौसमी पुर्वानुमान शतप्रतिशत सही हुने मौसम विभागको दावी छ।

पाल्पा र उदयपुरको  पुर्वाधार निर्माणको काम सकिएपछि कम्पनीले टावरमा मौसमी राडारका उपकरणहरु जडान गर्ने छ, जडान पछि मौसम पुर्वानुमानको परीक्षण र प्रयोग पछि आउदो असार मसान्तसम्म नेपाल सरकार लाई हस्तानतरण हुने मौसम विभागका उपसचिव शिव प्रसाद नेपालले बताए।
नेपालमा मौसम सम्बन्ध सही सूचना नपाउँदा, कल्पना समेत नगरेको स्थानमा बाढी पहिरो, भूक्षय, अत्याधिक बर्षाले यस बर्ष नेपालमा ठूलो धनजनको क्षति भएको छ। सिन्धुपाल्चोक मेलम्ची, मनाङको चामे, रुपन्देहीको नवलपरासी र रुपन्देहीको चुरे क्षेत्र, पाल्पाको विभिन्न स्थानमा नसोचेका स्थानमा बाढी पहिरोले ठूलो क्षती गरेको छ।  मौसमी राडार निर्माणको लागी विगतमा गाउँपालिकाले पूर्ण सहयोग गरेको र आगामी दिनमा राडार संचालनको लागि पनि सबै किसिमको सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सी.ले बताए। 
 
मौसमी राडारले टोल, क्षेत्रदेखि पुरै देशको मौसमी अवस्थाको बारेमा पूर्व सूचना दिनेछ।  सोही अनुसार जनताले समयमै सर्तकता अपनाउने, बाढी पहिरोबाट बच्न सक्नेछन।  कृषकहरुको भविष्यसँग पनि यो मौसमी राडार जोडिएको छ। किसानहरुले घाम पानी बारे सही सूचना पाएपछि, सोही अनुसार योजना बनाई खेतीपातिको काम गर्न सहज हुनेछ। चट्याङको कारण तराई तथा पहाडमा दिनहुँ जसो मानिसहरुको मृत्यु भइरहेको अवस्थामा, मौसमी राडारले चट्याङ पर्ने बादल र स्थानको विषयमा जानकारी दिनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.