प्रलोभन र धम्की दिएर मुद्दा फिर्ता लिन दबाब

प्रलोभन र धम्की दिएर मुद्दा फिर्ता लिन दबाब

विराटनगर : आफ्नै छोरीलाई अपहरण गरी दुईजना युवकसँग जबरजस्तीकरणी गराउन खोज्ने आमाले मुद्दा फिर्ता लिन प्रलोभन दिँदै दबाब दिने गरेको पाइएको छ । आमाविरुद्ध शरीर बन्धक तथा जबरजस्ती मुद्दा दिएकी छोरी (पीडित युवती) ले आफूलाई प्रलोभन दिँदै मुद्दा फिर्ता लिन आमा र आमाकी दिदी रन्जुसिङ पौडेलले विभिन्न माध्यमबाट दबाब दिने गरेको बताइन् ।  

विराटनगर १० की मन्जु पौडेलले आफ्नी २२ वर्षीया छोरीलाई बन्धक बनाइ जबरजस्ती करणी गराउन खोजेको भन्दै मुद्दा दिएकी थिइन्। जुन मुद्दा अदालतमा चलिरहेको छ । २२ वर्षीया युवती आफ्ना बुवा श्यामकुमार वमलाई मुद्दा फिर्ता लिन प्रलोभन र धम्की दिने गरेको बताइन् । जबरजस्ती करणीबाट जोगाएका भाइ रोहन भगतलाई आमाले नागरिकता नबनाइ दिने र केही सम्पती नदिने भनेर धम्की दिने गरेको उनले बताइन्  

रोहनले भने, 'आफू कामले विराटनगरमा गएको बेला आमाले तँलाई नागरिकता नबनाइ दिन र सम्पती पनि नदिने भनेर धम्की दिने गरेको छ ।‘ पूर्वपतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला पौडेलले आफ्ना केटा साथीसँग कोठामा थुनेर जबरजस्ती यौनसम्बन्ध कायम गराउन लगाएकी थिइन् । 

पौडेलका एक छोराले कोठाको ढोका खोलेर उनलाई उद्धार गरेपछि जिल्ला प्रहरी मोरङमा उजुरी दिएकी छन् । जुन जिल्ला अदालतमा चलिरहेको छ ।  पीडित युवतीले आमा पौडेल, सुनसरीको इनरुवा ९ बवियाका अजय साहु र विराटनगर १० शान्ति टोलका सुरज रायविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । 

जिल्ला प्रहरी मोरङले छानबिनपछि तीनैजनाविरुद्ध जिल्ला अदालत मोरङमा शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा अदालतले कोरानाको कारण देखाउँदै पौडेल र अजयलाई १/१ लाख र सुरजलाई ५० हजार धरौटीमा छाडेको छ । उक्त मुद्दामा पौडेललाई जोगाउन अहिले यहाँका केही राजनीतिक दलका अगुवा नेताहरु लगिपरेको पीडितले गुनासो पोखेइन्।

सुनसरीको भण्टाबारी माइती भएकी पौडेलको तरहराका एक युवकसँग विवाह भएको र एक छोरी पनि जन्मेकी थिइन् । आमा ताराले भण्टाबारीमा सञ्चालन गर्दै आएको मदिरा होटेलमा बस्दै आएकी पौडेलको कोशी परियोजनाका ठेकेदार भारतको विरपुरका बब्लु भगतसँग प्रेम बस्यो । उक्त प्रेम १५ वर्षअघि विवाहमा परिणत भएर ४ छोरा र १ छोरी पनि भए । तरहरामा जन्मेकी छोरीलाई बुवासँगै छोडेर पौडेलले भगतसँग विवाह गरेपनि छोरीसँग भेटघाट हुँदै आएको थियो । भगतसँग प्रेममा बस्दा एक सन्तान जन्मेपछि भगत कानुनीरुपमा श्रीमती स्वीकार गरेका थिए। अहिले भारतीय पतिबाट जन्मिएका छोराहरु बुवासँगै बस्दै आएका छन् । 

ठेकेदार भगतले पौडेलको नाममा विराटनगर १० मा घरजग्गाका साथै अन्य ठाउँमा पनि १० करोड बढीको सम्पति जोडिदिएका छन् । भगतले सासू आमा ताराको नाममा पनि सुनसरीमा जग्गा खरिद गरिदिएका हुन् । 

भगत काम विशेषले घर बाहिर भएका बेला पौडेलले केटा साथीहरुलाई घरमा बोलाएर जाँड रक्सी खाने र पार्टी गर्दै आएकी थिइन् । जसमध्ये केही केटा साथीसँग उनले यौनसम्बन्ध पनि कायम राखेको विषय छरछिमेकमा फैलिएको थियो । 

त्यसपछि भगतले यी यस्ता कार्य नगर्न सम्झाउँदा पनि ति केटासँगको अनैतिक क्रियाकलाप बन्द भएन्।  तर पौडेलका परिवार र भगतले ५ छोराछोरीको मायाले पौडेललाई खोजेर घरमा राखेको परिवारजनले बताए ।
 
घरमा बस्दै आएकी पौडेलको पछिल्लो समय अजय र सुरजसँग सम्बन्ध गाँसिएको थियो । भगतले अजय र सुरजसँगको सम्बन्धको बारेमा जानकारी पाएपछि समस्या हुने डरले पौडेलले पूर्वपतिसँग भएको छोरीको विवाह अजयसँग गराइदिने प्रस्ताव राखिन् । तर छोरीले नमानेपछि अपहरण गरेर बन्धक बनाइ जबरजस्ती अजयसँग यौनसम्बन्ध कायम गराउने षडयन्त्र रचेको पीडित परिवारले सुनाए । 

तरहराबाट पीडित युवती आमालाई विराटनगर भेट्न आएको बेला पौडेल, अजय र सुरजले पार्टी आयोजना गरेसँगै जाँड रक्सी खाए । रक्सीको मात लागेपछि पौडेलले छोरी र अजयलाई कोठामा थुनेर बाहिरबाट ताल्चा लगाइदिइन् । पीडित युवतीले रोइकराइ गरेको सुनेर भगत पक्षका पौडेलकै एक छोराले कोठाको ताल्चा खोलेर उद्धार गरेका थिए । 

उक्त घटनाको बारेमा भगतलाई समेत जानकारी भयो । त्यसपछि पीडित युवतीले सौतेनी बुवाको सहयोगमा जिल्ला प्रहरी मोरङमा उजुरी दर्ता गराएकी थिइन् । छोरीमाथि जबरदस्ती करणीको प्रयास असफल भएपछि पौडेल एक्कासी त्यहीदिन श्रीएयर लाइन्सको विमानबाट काठमाडौं फरार भइन्।

सुरुमा कसैलाई भनेपनि पछि कहिले आउन नदिने, ज्यानबाट मार्ने, अघिको भिडियो सार्वजनिक गरिदिने भन्दै धम्काएकी थिइन्। पौडले घरमा छोडेर भागेपछि छोरीले छिमेकीलाई सुनाएपछि आमाको कर्तुत बाहिर आएको थियो  । 

छिमेकीले श्रीमानलाई सुनाउँदा छोरीले आँट गरेर आमाविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । आमाले न्यायाका लागि मुद्दा हालेकी आमाले विभिन्न प्रकारले मुद्दा कमजोर गराउन राजनीतिक दलका नेताहरु लगाएको भन्दै प्रमाण नष्ट गर्न लागेकाले न्याय पाउन ढिलाइ हुनेमा आशंका व्यक्त गर्न थालेकी उनले भनिन,‘ प्रलोभन र धम्की दिने गरेकी छिन् । न्यायको लागि अदालतसम्म पुगेकी मलाई धम्की दिएर मानसिक तनाव दिने आमालाई हदैसम्म कारवाही हुनुपर्ने माग गरिन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.