बागबजारमै बिक्री हुन्छन् विश्‍वविद्यालयका नक्कली सर्टिफिकेट

बागबजारमै बिक्री हुन्छन् विश्‍वविद्यालयका नक्कली सर्टिफिकेट

घटना नम्बर १

लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीमा तत्कालीन सहायकस्तर चौंथो (खरिदार) पदमा कार्यरत सुग्रीम कुर्मीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटियो । अनुसन्धानका क्रममा कुर्मीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली (झुठ्ठा) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको तथा सोही प्रमाणपत्रको आधारमा बढुवासमेत भएको देखियो । कुर्मीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको थियो ।

घटना नम्बर २

किर्ते शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैशाख पहिलो साता सात जनालाई पक्राउ गर्‍यो । ब्यूरोले बङगलादेशमा एमबिबीएस अध्ययन गर्न जान एसएलसीको मार्कसीटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायत विवरणहरू सच्याई किर्ते मार्कसीट बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो ।

जसमा प्राप्ताकंको कुल अंक एउटै भए पनि केही विषयमा फरक फरक अंक चढाइ नक्कली शैक्षिक प्रमाणपत्र बनाइएको खुल्न आएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय एसईईले जनाएको छ ।

वर्षमा झण्डै सय नक्कली सर्टिफिकेट

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार वर्षमा ८० देखि एक सय वटा शैक्षिक प्रमाणपत्र नक्कली फेला पर्छन् । शैक्षिक प्रमाणपत्र नक्कली लिएर आउने आफन्त वा स्वयंलाई बोर्डले प्रश्न गर्दा केहीको जवाफ हुन्छ, ‘१० हजार तिरेर शैक्षिकप्रमाण पत्र बनाएँ । के गर्नु विदेश जान शैक्षिक योग्यता खोज्छ ।’ मुख्यतः प्रहरी सेवा, शिक्षक, उच्च ओहोदामा बसेका व्यक्तिहरुविरुद्ध शैक्षिक प्रमाणपत्र सन्दर्भमा उजुरी पर्ने गर्छन् ।

केही व्यक्तिहरुले सीम्बोल नम्बर, अंक र विद्यालयको नाम एउटै तर व्यक्तिको नाम फरक गराएर पनि शैक्षिक प्रमाणपत्र खडा गर्ने गरेका छन् । केहीको एसएलसी वा एसईईको सीम्बोल नम्बर, अंक र विद्यालयको नाम नै परिवर्तन गराएर शैक्षिक प्रमाणपत्र बनाउने गरेको खुलेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय(एसईई) का सहपरीक्षा नियन्त्रक भवराज कोइरालाका अनुसार शैक्षिक प्रमाणपत्रको वैधतामाथि पटक पटक प्रश्न उठेका कारण पनि शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण (सत्यापन) गर्नुपर्ने भएको छ । उनले भने, ‘शैक्षिक प्रमाणपत्र प्रमाणिकरणका क्रममा सक्कली\नक्कली भनेर रेकर्ड राख्दैनौँ । भिडाउँदा सक्कली देखियो भने सक्कली र नक्कली भए नक्कली हो भनेर मात्रै भन्छौँ । शैक्षिक प्रमाणपत्र भिडाउने निकायले पठाउने निकायले जे भनेर पठाएको हो त्यही भाषामा हामीले खुलाएर पठाउँछौं । ’

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा दैनिक एकदेखि दुई सय जना शैक्षिक प्रमाणपत्र प्रमाणीकरणका लागि आउने गर्छन् । कोइरालाले भने, ‘शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्दा कसैका आफन्त पनि आउँछन् । नक्कली सर्टिफिकेट लिएर उसलाई पक्राउ गरेर हेर्दा मान्छे अन्तै हुन्छ । पक्राउ गरेर मात्रै भएन त्यसको लागि जनशक्ति हामीकहाँ छैन । त्यसैले नक्कली प्रमाणपत्र खिचेर राख्छौँ तर पक्रँदैनौं । अनुसन्धान गर्ने निकाय हामी होइनौँ र बोर्डलाई अख्तियारी पनि छैन ।’

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कुनै राष्ट्रसेवकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएमा ६ महिनादेखि एक वर्षसम्म कैद र दशदेखि बीस हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ । कसुर गरेको मुनासिव कारण भएमा अख्तियारले मुद्दा दायर गर्ने र उक्त मुद्दाको किनारा नलागुन्जेल सम्बन्धित व्यक्ति स्वत निलम्बनमा पर्ने व्यवस्था छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका अनुसार आ.व. २०७६\७७ मा ९५३ वटा उजुरीहरु जिम्मेवारी सरेर आएका छन् । आ.व. २०७७\७८ मा ३१६ वटा उजुरीहरु दर्ता हुन आएका र ९५३ अघिल्लो आ.व. का उजुरीहरु गरी कुल १२६९ वटा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी उजुरीहरु छन्।

जसमध्ये कुल २८७ वटा उजुरीहरु (क्षेत्रगत उजुरीमध्ये ५.६१%) अर्थात कुल नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी उजुरीको २२.६२% उजुरीहरु फर्छ्यौट भएका छन् । सोही अवधिमा (आ.व. २०७७/७८ मा) जम्मा ७ वटा उजुरीहरु मुद्दाको रुपमा दायर भएका छन्  यस अवधिमा कुल ३१ वटा मुद्दाहरुमा सम्मानित अदालतवाट फैसला भएका छन् ।

कसले माग्छ शैक्षिक योग्यता प्रमाणपत्र प्रमाणीकरणको विवरण ?

पछिल्लो समय वैदेशिक रोजगार विभाग मार्फत् काममा जानेहरुले रोजगारदाता कम्पनी वा सम्बन्धित देशको सरकारले न्युनतम एसईई वा एसएलसीको योग्यता खोज्न थालेका छन् ।

जसकारण उनीहरु पनि शैक्षिक योग्यता प्रमाणीकरणका लागि आउने गर्छन् । शिक्षक किताबखानाले आवश्यक ठानेमा अवकाश पाउने शिक्षकहरुले जन्ममिति प्रमाणीकरण झिकाउँछ । त्यसका लागि शिक्षकहरुलाई बोर्डसमक्ष प्रमाणीकरणका लागि निवेदन पेश गर्नुपर्ने हुन्छ । निजामति कर्मचारीहरुको प्रोमोसन(स्तरबृद्धि) को समयमा, विश्वविद्यालयहरुको स्नातकोत्तर तहको थेसिस, एमफील, पिएचडी थेसिस दिनुअघि पनि एसएलसी शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण माग हुँदै आएको छ ।

सक्कली नक्कली के आधारमा पुष्टि हुन्छ ?

बोर्डका अधिकारीहरुका अनुसार २०५७ सालदेखि एसएलसी दिएका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रको रेकर्ड अनलाइनमा राखिँदैआएको छ । जन्ममिति, सिम्बोल नम्बर र एसएलसी उत्तिर्ण वर्ष वा अन्य रेकर्डबाट पुष्टि गरेपछि अन्तिममा वास्तविक व्यक्तिको नाम रेकर्डमा देखिन्छ । तर, कतिपय व्यक्तिले जन्ममिति, सिम्बोल नम्बर र एसएलसी उत्तिर्ण वर्ष तलमाथि गराएर प्रमाणपत्र प्रमाणीकरणका लागि बोर्डमा पुग्ने गर्छन् ।

बोर्डका सहपरीक्षा नियन्त्रक कोइरालाले भने, ‘तपाईँको शैक्षिक प्रमाणपत्र बाहिर कहाँ छ बनाउने ठाउँ त्यहाँ गएर सिम्बोल नम्बर प्राप्त अंक एउटै बनाइन्छ तर, नाम डुप्लिकेशन गरेर अर्को व्यक्तिको नाम राखिन्छ वा बनाइन्छ । सर्टिफिकेट छानविनको घेरामा गयो भने हामीलाई सम्बन्धित निकायले सर्टिफिकेट हामीकहाँ पठाउँछ । शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण एक घण्टाभित्र उपलब्ध गराउन सकिने गरी व्यवस्था मिलाइएको छ ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.