सप्तकोसी कटान नियन्त्रणमा स्थानीय

सप्तकोसी कटान नियन्त्रणमा स्थानीय

धरान : सरकारले पटक-पटक अनुरोध गर्दा पनि सप्तकोसी कटान नियन्त्रण गर्न चासो नदेखाएपछि स्थानीय वासिन्दाहरुले आफै कोसी कटान नियन्त्रणको काम थालेका छन्। सप्तकोसीमा आएको बाढि बस्तीमा पस्न लाग्दा समेत संघिय सरकारले कोसी आसपासका वासिन्दाहरुको जीउधनको सुरक्षामा चासो नदेखाएको भन्दै स्थानीय वासिन्दा आक्रोषित भएका छन्। 

सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलंका टापुमा यसपटक ३ हजार विघा भन्दा बढी खेतियोग्य जमिन कोसीको बाढिले कटान गरेको छ। खेतीयोग्य जमिन कटान गरी सप्तकोसी नदी मानव बस्तीमा प्रबेश गर्न लागेको छ। कोसीलाई मानव बस्तीमा पस्न नदिनका लागि स्थानीय वासिन्दा आफै जुटेर कोसी कटान नियन्त्रणको काम थालेको स्थानीय सन्तोष चन्द्रबंसिले बताए। उनले पटक-पटक सरकरालाई कोसी कटान नियन्त्रणको काम थाल्न अनुरोध गर्दा समेत बेवास्ता गरेपछी स्थानीय बासिन्दाले आफ्नो जीउधनको सुरक्षा आफैं गर्नका लागि कटान नियन्त्रणको काम थालेको बताए। 

कोसी कटान नियन्त्रणका लागि सिंचाई डिभिजन कार्यालय इनरुवाबाट बोारा, तारजाली र बराहक्षेत्र नगरपालिकाबाट बोरामा हाल्ने बालुवा ऊलब्ध भए पश्चात स्थानीयले कोसी कटान नियन्त्रणको काम थालेका हुन्। सप्तकोसी नदीको बाढिले बगाएको श्रीलंका टापुको क्षति मुल्याँकन गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले छानविन समिति गठन गरिएको भएपनी हाल सम्म समितिले कुनै काम नगरेको स्थानीयले गुनासो गरेका छन्। सप्तकोसीकोबीच भागमा पर्ने श्रीलंका टापुमा आएको बाढिले सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ को दर्जनौ मानव बस्ती र खेती योग्य जमिन बगाई सकेको छ। 

सप्तकोसीको पश्चिम क्षेत्रमा भारतले तटबन्द निर्माण नगरेका कारण श्रीलंका टापुका एक हजारभन्दा बढि घर परिवार बाढिको उच्च चपेटामा परेका छन्। बराहक्षेत्र नगरपालिका ६ का वडा सदस्य श्यामबहादुर लिम्बुले सरकारको बेवास्ताका कारण भारतले कोसी ब्यारेजका ढोका थुनेका कारण बर्षेनी सुनसरीको मानव बस्ती र खेतीयोग्य जमिन कटान भएको बताए। उनले कोसी सम्झौता अनुसार कोसीले क्षति पुर्याएको घरपरिवारलाई भारत सरकारले क्षतिपुर्ति दिनुपर्ने भएपनी हालसम्म कोसी पिडितहरुले क्षतिपुर्ति नपाएको बताए। 

सप्तकोसीले सुनसरीको बराहक्षेत्र नगरपालिका, कोसी गाँऊपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कङकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा ५० हजार विघा भन्दा जमिन कटान गरेको कोसि पिडित संर्घष समितिका अध्यक्ष मिश्रीलाल महतोले बताएका छन्। 

२०२२ सालमा सप्तकोसी नदीमा ब्यारेज निर्माण भएसँगै भारतले कोसी ब्यारेजमा आफु अनुकुल मात्र ढोका खोल्ने गरेका कारण कोसी आसपासका वासिन्दा सधै त्रासमा बस्न बाध्य छन्। नेपालका तत्कालिन राजा महेन्द्र शाह र भारतका तत्कालिन प्रधानमन्त्री जहरुलाल नेहरुले कोसी ब्यारेज निर्माण गर्न र आसपासका वासिन्दालाई कोसीको बाढिका कारण विस्थापित गरे भारत सरकारले क्षतिको मुल्याँकनका आधारमा राहत र क्षतिपुर्ति उपलब्ध गराउने सम्झौता गरेका थिए। 

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले भारतले कोसी सम्झौता अनुसार कोसी पिडितहरुलाई क्षतिपुर्ति उपलब्ध नगराएको बताए। उनले तत्काल कोसीको पश्चिम क्षेत्रमा तटबन्ध निर्वाण गरी आफ्ना नागरिकको सुरक्षा व्यबस्था मिलाउने बाताबरण मिलाउन सरकारसंग आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.